कालोपत्रे सडक शिलान्यास

चितवन, १९ माघ । व्यवस्थापिका संसद सदस्य रामकृष्ण घिमिरेले पश्चिम चितवनको विजयनगर छाहारीचोक कालोपत्रे सडकको शिलान्यासन गरेका छन् ।
संसद विकास कोषबाट विनियोजित वजेट ४० लाख रुपैयाँको लागतमा विजयनगरदेखि छाहारीचोकसम्मको एक किलो सात सय मिटरको सडक कालोपत्रे गर्न लागिएको हो । उक्त सडकको सांसद घिमिरेले बुधबार शिलान्यासन गरेका हुन् । सडक निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै घिमिरेले जनसहभागिताले मात्रै विकास निर्माण सम्भव हुने उल्लेख गरे ।
जनसहभागिता नभएको स्थानमा विकासको गति ढिलो हुने भन्दै विकास निर्माणमा सवै जनता एक भएर लाग्नु पर्ने घिमिरेको भनाइ थियो । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले स्थानिय तहको निर्वाचनको समय आईसकेकाले सवै जनतालाई निर्वाचनमा लाग्नका लागि आग्रह गरेका थिए ।
काँग्रेसले दुई तिहाई वहुमतका साथ विजयी प्राप्त गरेको खण्डमा मात्रै देशको विकास हुने उल्लेख गर्दै श्रेष्ठले यस तर्फ लाग्न समेत सवैलाई आग्रह गरेका हुन् । कार्यक्रममा चितवनका स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेलले विकासका लागि लगानि गरीएको वजेट विकास निर्माणमानै खर्च गर्नु पर्ने भन्दै यसले जनतालाई राष्ट्र प्रति वफादार रहन सिकाउने समेत बताएका छन् । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष श्रीवहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।