रातो चेकसर्टले जब वर्षा र पुष्पलाई आकर्षण गर्यो (भिडियोसहित)

चितवन, माघ १९  ।  चितवन घरभई हाल अष्ट्रेलियामा अध्ययन गरिरहेका सुवास जे खरेलले धमाकेदार डान्सिङ गीत बजारमा ल्याएका छन् । subash 2
अहिलेका चर्चित नायिका वर्षा राउत र चर्चित मोडेल पुष्प खड्कालाई फिचरिङ गरिएको ‘रातो चेकसर्ट…’ बोलको गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतले रातो टिसर्ट लगाउँदा देखिएको सुन्दरतालाई बयान गरेको छ । गायक सुवासलाई अहिलेकी चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् । नाचौं, नाचौं लाग्ने यस गीतले आम नेपाली दर्शकले मन पराउने गायक खरेलले विश्वास व्यक्त गरे । गायक खरेलले यसअघि ‘यु एण्ड मि’ बोलको गीत बजारमा ल्याएका थिए ।
यस गीतमा गायक खरेलको स्वंम शब्द र संगीत रहेको छ । उदयराज पौडेलको एरेञ्ज, गणेश चौधरीको रेकर्डिङ रहेको यस गीतको भिडियोको कोरियोग्राफर दीपेन्द्र शाही ठकुरी हुन् । भिडियोको निर्देशन हरि हुमागाईले गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो