नारायणीमा क्षमता अभिवृद्धि तालिम

चितवन,१८,माघ । स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्थापन अनुगमन सम्वन्धि एक दिने क्षमता अभिवृद्धि तालिम नारायणी नगरपालिकामा सम्पन्न भएको छ । महिला सघन विकाश केन्द्र खैरहनी ८ पर्सा चितवनको आयोजना र रत्ननगर नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो । स्थानीय स्तरमा नागरीकले पाउने अधिकार र दायित्वको विषयका बारेमा सहभागीहरुलाई तालिम दिईएको थियो ।

नागरिकले आफूले पालना गर्नुुपर्ने जिम्मेवारीको सवाल,असल नागरिकको कर्तव्य वा जिम्मेवारी सम्बन्धि कार्यक्रमहरुको जनचेतना जगाउनुपर्ने व्यवस्था सरकारले गर्दै आएको छ । तालिममा नगरपालिकामा रहेका सामाजिक परिचालक, वडा नागरीक मञ्चका संयोजक,नागरीक सचेतना केन्द्रका संयोजक, प्रतिनिधिहरु तथा पत्रकार लगाएत गरी ४० जनाको उपस्थिती रहेको थियो ।

तालिममा सहभागी वडा नागरीक मञ्चका संयोजक,सामाजिक परिचालक तथा नागरीक सचेतना केन्द्रका संयोजकहरुले आफूहरु अहिलेसम्म थुप्रै हक अधिकारबाट बञ्चित हुदै आएको र यस तालिमले अझ नयाँ पाठ सिकाउन मद्धत गरेको बताएका थिए । महिला सघन विकास केन्द्रकी कार्यक्रम कोअडिनेटर उमिता उप्रेतीले कार्यक्रमको बारेमा सहजीकरण गरेकी थिईन् ।