सहिदका समकालीनका नाममा

विपुल पोख्रेरल 

अहिले देशको नेतृत्वमा रहेका कतिपय नेताहरूका साथी, समकालीनहरू सहिद भएका थिए । सहिदले के चाहन्थे, भावी पुस्ताले कस्तो मुलुक पाओेस् भन्ने चाहन्थे भन्ने जानकारी सहिदका समकालीनलाई हुनुपर्छ ।sahid-diwas1-1485159411

यस वर्षको सहिद सप्ताह समाप्त भएको छ । नेपालको आधुनिक राजनीतिको जग मानिने राणा व्रिोधी आन्दोलनमा संलग्न भई जीवनको आहुीत दिने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सहादत एक साताको अन्तरालमा भएको थियो ।

यसैकारण माघ १०–१६ सम्मको साताभर सहिदहरूको सम्झना र सम्मान गरिन्छ । हुनत, शुक्रराजहरूका समकालीन अहिले राजनीतिक नेतृत्वमा छैनन् तर नेतृत्वमा भएकाहरूले पनि थुप्रै साथीहरूको सहादतमा टेकेर शासन गर्दैछन् ।

महान् ४ सहिदसँगै साताभर मुलुकको लोकतान्त्रिक आन्दोलनमा मारिएका सबै ज्ञातअज्ञात सहिदलाई सम्मान प्रकट गर्ने गरिन्छ । सरकारी स्तरबाट औपचारिक कार्यक्रमको आयोजना गरिन्छ भने नागरिक स्तरवाट पनि विभिन्न रचनात्मक कार्यक्रमका साथ सहिद दिवस मनाउने गरिन्छ । सहिद सप्ताह यसैगरी बित्यो ।

मुलुकको परिवर्तन, नागरिक अधिकार स्थापित गर्न र मुलुकमा देखिएका विसंगतिमा सुधार ल्याउन हुने संघर्षमा सहभागी हुनेलाई अधिनायकवादी शासकले दमन गर्छ । यही दमनका क्रममा सहिद जन्मन्छन् ।

यसले के देखाउँछ भने सहिद परिवर्तन, नागरिक अधिकारका पक्षमा र विसंगतिका विपक्षमा उभिने पवृत्ति हो । सूचीकृत गरिएका सबैको संख्या जोड्ने हो भने नेपालमा सहिदको संख्या हजारौं पुगेको छ ।

तर, पनि परिवर्तन किन भएको छैन रु नागरिक अधिकारको उपयोग किन हुन सकिरहेको छैन र विसंगति न्यून हुनुको साटो किन बढिरहेको छ रु यी महत्वपूर्ण तीन सवालको जवाफ खोज्ने र तिनको सन्देशका आधारमा आफू सच्चिँदै अगाडि बढ्ने प्रतिबद्धता आजको आवश्यकता हो ।

यस्तो प्रतिबद्धता वा संकल्पको अभावमा सहिदको शालिकका पूmलमाला चढाएरमात्र केही हुनेछैन । यो एउटा प्रचलनको निरन्तरतामा सीमित हुनेछ । परिवर्तनलाई व्यवस्थापन गर्ने कौशलको ९क्षमताको० अभाव आजको सबैभन्दा ठूलो समस्या हो ।

यो अभावको पूर्ति गर्नेतर्फ कुनै प्रयास भएको पनि पाइँदैन । आफू कसरी सत्तामा पुग्ने वा सत्तामा साझेदार हुने भन्ने चिन्तनभन्दा माथि उठेर कसैले इमानदार प्रयास गरेको देखिँदैन । सत्तारोहणको योजना गुत्थै बस्नेले सहिदको सोचअनुसारको कार्य गर्न सक्दैनन् ।

आज चार सहिदको नाम लिँदा सबै नेपालीको छाती गर्वले फुल्छ । त्यसपछिका लोकतान्त्रिक आन्दोलनमा सहादत दिनेको जीवनीले सबैलाई तरंगित बनाइदिन्छ । आन्दोलनको मैदानमा गोली लागी ढल्नेहरूको हिम्मतले सबैमा आत्मोत्सर्ग ज्वाला बालिदिन्छ ।

तर, सहिद हुनेसँगै संघर्षको मैदानमा लडेका तर सहिद हुन नसकेकाको वर्तमानको कर्मले सबैलाई निराश बनाइदिन्छ । कति धेरै निराश भने त्यसले व्यक्तिगत जीवन पनि निरसढंगले बिताउनमात्र सुझाव दिन्छ ।
कवी भूिप शेरचनले आफ्नो कवितामा भनेका छन् – ‘मरेर सहिद हुनेहरू हो, जिएर त हेर, जिउन कति गाह्रो छ ।’

निश्चिय नै जिएर काम गर्न गाह्रो होला तर सहिदको सूचीबाट सहिदको सपना पूरा गर्न लागि भनेर बाँचेका नै सहिदको सपनालाई भंग गर्ने र सपनाको ठाँउमा स्वार्थसहितको राजनीतिलाई स्थापित गर्ने खेलमा लागेको देख्दा अस्वाभाविक लाग्छ । आज हाम्रो देश यस्तैगरी अस्वाभाविक ढंगले अगाडि बढिरहेको छ ।

यसपटकको सहिद दिवसले सहिदका समकालीनहरूलाई सहिदका सपनालाई कार्यान्वयनको दिशामा लैजान प्रेरित गरोस् । जनताले त सहिदको सम्मान गरेकै छन् ।

उनीहरूको उच्च मूल्याङकन गरेकै छन् । सहिदले लिएको सपनाको कार्यान्वयनको चाहना राखेकै छन् र आवश्यक पर्दा दबाब पनि दिएकै छन् । तर, सहिद हुने लाममा सँगै लागेका र सौभाग्यले बाँचेका सहिदका समकालीनले आफ्नो दायित्व पूरा गरेका छन् त रु एकपटक सबैले यस सवालमा ध्यान दिने र उनीहरूको ध्यानाकर्षण गराउने हो भने सत्ता केन्द्रित राजनीतिक अभ्यास न्यून हुँदैजाने थियो कि रु

बीपी कोइरालाले एकपटक भनेका थिए – ‘हामी त चिनिएका छौं, नेता कहलिएका छौँ, तर हामीलाई यो स्थानसम्म पु¥याउन सहिदहरूको ठूलो भूमिका छ, उनीहरूको समर्पणको जगमा हामी चिनिएका हौं ।’ कम्तीमा सहिदका समकालीनले बीपीको यस भनाइलाई स्मरण गर्दै आफ्नो व्यक्तित्व निर्माणको जगमा उनीहरूकै समकालीनको सहादत छ भन्ने सोच्ने हो भने सहिदबाट प्रेरणा लिन सक्नेछन् । यस प्रेरणाले राजनीति सत्ताप्राप्तिको दाउपेचभन्दा धेरै माथि रहेर गरिने अभ्यास रहेछ भन्ने बुझ्न मद्दत गर्नेछ ।