शहरी विकास मन्त्रीलाई सौराहाका व्यवसायीको प्रश्नःसुविधायुक्त सभाहल निर्माण कहिले ?

 

नारायण ढुंगाना,

चितवन, माघ १७ । सरकारको रातो कितावमा समेत समावेश भएको सुविधायुक्त ‘सौराहा सभाहल’ निर्माणका लागि स्थानियले आज शहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।आज राजधानी स्थित शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीको निवासमै पुगेर यहाँका व्यवसायी, नागरिक प्रतिनिधि तथा दलिय प्रतिनिधिहरुको एक टोलीले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष सुमन घिमिरेको नेतृत्वमा आज काठमाडौ पुगेको टोलीले सभाहल निर्माणलाई तदारुकताका साथ अघि बढाउन मन्त्रीलाई आग्रह समेत गरेका छन् ।MG_0514

सरकारी रातो कितावमा उल्लेख भएको उक्त समाहल करिव ५ हजार मानिस अट्ने क्षमताको रहेको संघले जनाएको छ ।उक्त सभाहल सौराहामै निर्माण गर्ने भनी स्पष्ट उल्लेख हुँदा हुँदै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले अन्यत्रै बजेट लगेर निर्माण शुरु गरेको सुन्नमा आएकाले मन्त्रीको ध्यानाकर्षण गराएको संघका महासचिव राममणि खनालले जानकारी दिनुभयो ।

‘सभाहलका विषयमा सम्बन्धित निकायमा पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएकाले प्रस्ताव गरिएको योजना सौराहा मै निर्माण गर्न माग गर्दै यहाँको ध्यानाकर्षण गराउँदछाँैं’ मन्त्रीलाइृ पेश गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री केशीले सौराहामा सभाहल निर्माणका लागि कुनै दुई मत नरहेको भन्दै आफुले आवश्यक अध्ययन गरी समस्या समाधानको प्रयास गर्ने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले आजै मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्मा मार्फत सो विषयमा यथार्थ जानकारी दिन निर्दशन दिनुभएको छ ।क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष शीरलाल परियारले सौराहामा सभाहल अत्यावश्यक भएकाले व्यवसायीहरु अग्रसर भएर अघि बढेको बताउनुभयो ।

ध्यानाकर्षण बुझाउन आउनुभएका रत्ननगरको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले आजै सचिव शर्मालाई समेत भेटेर आवश्यक छलफल गरेको जानकारी दिनुभयो ।सचिव शर्माले सौराहामा सुविधायुक्त सभाहल निर्माण हुने विश्वास दिलाउनुभएको छ । सो सभाहलमा लागि यहाँ ४ करोड बजेट समेत विनियोजन भैसकेको छ । सोही रकम रकमान्तर गर्ने दुस्साहस भएकाले मन्त्रालयसम्म आउनुपरेको संघका महासचिव राममणि खनालले बताउनुभयो ।