बस अनियन्त्रित भई पल्टिदा एक गम्भीरसहित १२ जना घाईते (अपडेट)

सरस्वती कुमारी शर्मा
चितवन, १७ माघ । पश्चिम चितवनको शिवघाटमा सवारी दुर्घटना हुदाँ एक जना गम्भीर सहित १२ जना घाईते भएका छन् ।
भरतपुर उपमहानगरपालिका ५ शिवघाटमा विजयनगर बाट नारायणगढ तर्फ आउदै गरेको ना ५ ख ११२१ नं को बस ब्रेक फेल भई सडकमा पल्टिदा १२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । bus accident
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठका अनुसार दुर्घटनामा परि चतवन भतरपुर १७ बस्ने बर्ष ४५ कि ईश्वरी पराजुलीको अवस्था सिरियस रहको र चालक फरार रहेकोले खोजतलास कार्य जारी रहेको बताए । यस्तै दुर्घटनामा परि लमजुङ बन्सार १ बस्ने बर्ष ५९ को गौतम गुरुङ, सोह ठाउँका बर्ष ३० को हर्क ब. गुरुङ, ओखलढुङगा बल्खु गा.वि.स १ बस्ने बर्ष ५५ को डम्मर ब. दमाई, ओखलढुङगाकै ४५ कि रिता दमाई, नवलपरासी बनीमनीपुर बस्ने बर्ष ५० कि धनकुमारी गिरी, भरतपुर १८ बस्ने बर्ष ३१ कि लक्ष्मी कार्की, भरतपुर १७ बस्ने बर्ष ५९ कि चन्द्र कुमारी गिरी, अवस्था भरतपुर १६ बस्ने बर्ष १८ को अस्मित वि.क, भरतपुरकै बर्ष २१ कि सोलु नेपाली बर्ष २० को रोशन सुनार र साही ठाउँै तारा कुमारी क्षेत्री रहको जानकारी दिए । भने घाईतेहरुको तत्कालै उद्दार गरि कले अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल) भरतपुरमा उपचार भईरहको छ ।