प्रवासी युवा मञ्चले चेपाङ विद्यार्थीहरुलाई बाड्यो झोला र स्टेसनरी सामान

विनोद श्रेष्ठ
चितवन, माघ १६ । प्रवासी युवा मञ्च चण्डिभञ्जाङ्ग–दोहा कतारले चण्डिभञ्ज्याङ्गका ५३ जना गरिब चेपाङ्ग विद्यार्थीहरुलाई झोला र स्टेसनरी सामाग्री वितरण गरेको छ । मञ्चले शुक्रबार चण्डिभञ्ज्याङ्गको कालिखोलामा एक कार्यक्रम गरी ल्यामधार प्रा.वि. र ठाडो खोला प्रा.वि.का विद्यार्थीलाई उक्त सामाग्री वितरण गरेको हो ।
बैदेशीक रोजगारीको सिरसिलामा कतारमा रहेका चण्डिभञ्जयाङ्गका साथीहरु मिली स्थापना गरेको मञ्चले आफ्नो गाविसका गरिब विद्यार्थीहरुलाई थोरै भएपनि राहत पु¥याउने उदेश्यले झोला तथा स्टेसनरी सामाग्री वितरण गरेको अध्यक्ष विरु गुरुङ्गले जानकारी दिनुभयो । parawasi
आफ्नो विद्यालका गरिब विद्यार्थीहरुलाई झोला तथा स्टेसनरी सामान उपलब्ध गरेर विद्यार्थीहरुलाई विद्धालय जान हौसला प्रदान गरिदिएकोमा ल्यामधार प्रा.वि.का प्रधानाध्यापक सन्त बहादुर प्रजाले प्रवासी युवा मञ्चलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै उहाँले आफ्नो विद्यालमा अध्ययरत विद्यार्थीहरु गरिब परिवारमा रहेको हुँदा उनीहरुलाई अझै स्कुलको ड्रेस, चप्पल तथा न्यानो कपडाको आवश्यकता भएको हुँदा कुनै दातृ संस्था भएमा सहयोग गर्नहुन समेत आग्रह गर्नुभयो ।
प्रवासी युवा मञ्च चण्डिभञ्ज्याङ्ग दोहा कतारले यस अघि पनि चण्डिभञ्ज्याङ्गका विभिन्न दुःखि विरामीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । मञ्चले यसअघि दुवै मृगौला पिडित भएका गोविन्द बहादुर बानियालाई ५१ हजार नगद सहयोग गर्नुको साथै एक विरामी महिलालाई उपचारार्थ आर्थिक सहयोग गरेको थियो ।