प्रेम दिवसमा ११ औँ ‘सौराहा फूड फेष्टिवल’, दर्शक पर्यटकलाई छुटैछुट(तस्वीर र भिडियोसहित)

राजेन्द्र आचार्य/केदार शर्मा
चितवन, १६ माघ । पर्यटकीय नगरी रत्ननगर सौराहामा सौराहा फुड फेष्टिवल २०७३ हुने भएको छ ।


आन्तरीक तथा बह्य पर्यटकहरुलाई आर्कषित गर्न मुलुकको तेश्रो पर्यटकीय गन्तव्यको रुपमा समेत परिचित सौराहामा ११ औँ आगामी माघ २९ गते देखि सौराहा फुड फेष्टिवल हुने भएको हो ।20170129_155556
सौराहाको होटल रोयल सफारीमा आयोजना पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले माघ २९ देखि देखि फागुन ४ गतेसम्म फेष्टिवल हुने जानकारी गराएको हो ।20170129_130321

हरेक बर्ष जस्तै यस बर्ष पनि प्रणय दिवस (भ्यालेटायन डे) को अवसर पारेर फुष्टिवललाई निरन्तरता दिएको संयोजक नरेश गिरीले जानकारी दिए ।

“प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने नारा सहित आयोजना हुन लागेको फुड फेष्टिवलमा विभिन्न नेपाली तथा विदेशी खानाका परिकारसहित स्थानिय थारु समुदायको परिकारहरु एक ठाउँमा आई सास्कृतिक मनोरञ्जन समेत लिन गिरीले बताए ।20170129_130108

सिजनल बनेको सौराहामा यस समयमा समेत थप आर्कषितसगैँ  समग्र चितवनको पर्यटन प्रर्वद्धन गर्न उद्देश्यले फेष्टिवलको आयोजनाको मुख्य उद्देश्य रहेको क्षेत्रीय रेवानका अध्यक्ष लालबहादुर भट्टलस्पष्ट पारेका थिए । 20170129_134208
सौराहाको सिसवार खेल मैदानमा आयोजना हुने फेष्टिवलमा दर्शक तथा पर्यटकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने प्रेमपत्र लेखन प्रतियोगिता समेत यो पटक देखि फरक ढङ्गबाट गर्न लागेको क्षेत्रिय रेवान सौराहाका महासचिव तथा फेष्टिवलका सदस्य सचिव दिपेन्द्र खतिवडाले जानकारी दिए ।
यस्तै फेष्टिवलमा नै रेष्टुरेण्ट स्टाफ विच वेटर रेस प्रतियोगिता, रतौली प्रतियोगिता, भजन चुड्का प्रतियोगिता र बालबालिकाहरु विच बेलुन फुटाउने प्रतियोगिता गरिने रेवान सौराहले जनाएको छ ।

दर्शक पर्यटकलाई छुटैछुट
११ औ संस्करणको फेष्टिवलमा सहभागी हुने दर्शक तथा पर्यटकहरुलाई विभिन्न कार्यक्रमहरुमा छुट दिने घोषण समेत क्षेत्रिय रेवानले घोषण गरेको छ ।
फेष्टिवल अबधीभरमा आउनेले फेष्टिवल परिसर भित्रको स्टलमा बुक गरे हामीले रेष्टुरेन्ट तथा होटलमा १५ प्रतिशत छुट दिनेछौ अध्यक्ष भट्टले भने । यो पटक देखि त साना पर्यटन व्यवसायीहरु विभिन्न उपहार सामाग्री खरिदमा ३० प्रतिशतसम्म छुटदिनेछ । भने खानाको गुणस्तर वृद्धि गर्दै सहुलियत दरमा उपलब्ध हुनेछ । अटेर गर्नेलाई प्रशासनको अनुगमनमा कार्वाही समेत गरिने उनले बताए । 20170129_134053
भने कार्यक्रम स्थलबाटै सहुलियत दरमा सौराहामा गराउईने हात्ती सफारी र डुगां सफारी समेत दर्शक पर्यटकहरुले गर्न पाउने संयोजक नरेश गिरीले बताए ।
आम्दानीको हिस्सा सामाजिक काममा खर्च गरिने
रेवानले यसको पटकको फेष्टिवमा आम्दानीबाट विभिन्न सामाजिक कामलाई निरन्तरता दिएको जनाएको छ । जस अनुसार आम्दानी केही प्रतिशत अपांग तथा बृद्धबृद्धालाई सहयोग,खेल मैदान व्यवस्थापन,स्थानिय क्वल तथा उज्यालो सौराहा कार्यक्रम र पिटुसिटु संस्थाको हितमा खर्च गरिने अध्यक्ष भट्टले जानकारी दिए ।
फेष्टिवलमा करिब रु ४० लाख खर्च हुने र ५० लाख बढीको कारोबार हुने आयोजकको अनुमान छ ।

फेष्टिवलमा राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्रि पंगेनी, प्रजापती पराजुली लगायतले प्रस्तुति दिने छन् ।
भने मुख्य प्रयोजकमा गोर्खा ब्रुअरी प्रा.लि., प्रयोजकमा हिमालयन डिष्टिलरी प्रा.लि र सह प्रयोजककमा तराई बोटर्लस प्रा.लि.रहेको छ ।