महिला पुरुषको हातेमालोले घरेलु हिंसामा कमी आउछ –एबीसी नेपालकी अध्यक्ष घिमिरे
चितवन माघ १६ । नारी उत्थान केन्द्र नारायणगढले रजत महोत्सव मनाएको छ । गत साउन ३१ गतेबाट विभिन्न कार्यक्रमहरु गर्दै सुरु भएको रजत महोत्सवको आज एक कार्यक्रम गरि समापन गरिएको हो ।
समापन कार्यक्रमकी प्रमुख अतिथि महिला अधिकारकर्मी तथा मानव बेचबिखनको क्षेत्रमा कार्यरत एबीसी नेपालकी अध्यक्ष दुर्गा घिमिरेले आर्थिक शशक्तिकरणले महिलाहरुको अवस्थामा परिवर्तन हुने बताउनुभयो । उहांले अहिले पनि घरेलु हिंसामा कमी आउन नसकेको भन्दै महिला पुरुषको हातेमालोले समाजमा रहेको विभेदको अन्तइ हुने औंल्याउनुभयो । महिलाका पक्षमा ऐन कानुन बनेपनि व्यवहामा कार्यान्वयन हुन नसकेको उहांले जिकिर गर्नुभयो ।
यसैगरि, कार्यक्रममा केन्द्रकी संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ, पुर्व सांसद भीम बहादुर श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ, आदर्श विकास केन्द्रकी सरिता केसी, आदर्श गृहकी मीना खरेल, अधिवक्ता फुलमाया रानाभाट, केन्द्रका सल्लाहकार राजकुमार श्रेष्ठ लगायतले समाज रुपान्तरणमा केन्दैले उल्लेखनिय भुमिका खेलेको बताउनुभयो ।
रजत महोत्सवकै अवसरमा गत शनिबार आयोजना गरिएको अन्तर आमा समुह वतृत्व कला प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको थियो । लैगिंक हिंसा ः हाम्रो सामाजिक संस्कार विषयक सो प्रतियोगितामा जखडी माई आमा समुहकी मीना दाहाल प्रथम हुनुभएको छ । यसैगरि, संसारीमाई आमा समुहकी अजिता अधिकारी द्धितिय र दिपज्योती आमा समुहकी माया पौडेल तृतीय हुनुभएको छ । २५ वर्ष अगाडि नारायणगढमा स्थापना भएको केन्द्रले प्रौढ कक्षाहरु सञ्चालन गर्दै महिलाहरुलाई सीपमूलक तालिमहरु समेत दिंदै आएको छ । ्यसैगरि, कार्यक्रममा केन्द्रकी संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ, पुर्व सांसद भीम बहादुर श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ, आदर्श विकास केन्द्रकी सरिता केसी, आदर्श गृहकी मीना खरेल, अधिवक्ता फुलमाया रानाभाट, केन्द्रका सल्लाहकार राजकुमार श्रेष्ठ लगायतले समाज रुपान्तरणमा केन्दैले उल्लेखनिय भुमिका खेलेको बताउनुभयो । सो , पत्रकारिता तर्फ शान्ता अधिकारीलाई लगायतका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
केन्द्रकी अध्यक्ष पद्मा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम रजत महोत्सव मुल समारोह समितिकी संयोजक तथा पुर्व अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।