कोशीका अर्ना चितवनमा (भिडियोसहित)

राजेन्द्र आचार्य
चितवन, १४ माघ । चितवनमा आउने पर्यटकहरुले कोशीको अर्ना देख्न पाएका छन् । दुर्लभ वन्यजन्तु अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी पोष्टमा बिहिबार एक भाले र एक पोथी गैडा स्थानान्तरण गरि चितवनमा शुक्रबार आएसगैँ यहाँ पर्यटकहरुले अर्ना देख्न पाएका हुन् ।

16244940_1443116539080291_100413239_o
कोशीटप्पु वन्यजन्तु आरक्षबाट दुर्लभ वन्यजन्तु अर्नाको एकजोडी चितवनको सौराहामा आईपुगेपटि यो सम्भव भएको हो । ।आज विहान ३ बजे अर्ना चितवन ल्याईपुर्याईएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । हिजो साँझ कोशीटप्पुबाट पठाईएको गैंडा आज विहान चितवन आईपुगेको हो अहिले अर्नालाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा राखिएको छ ।
यहाँ आएको अर्ना दिउसो यहाँ मध्यवर्ती क्षेत्र समिति, क्षेत्रिय होटल संघ लगायतका संस्थाहरु बाजा गाजा सहित भित्राउने तयारी पनि सबै पुरा भएको क्षेत्रिय होटल संघका सदस्य जीत बहादुर तामाङ्गले जानकारी दिए । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरबाट अर्नालाई निकुञ्जमा विविध सास्कृति प्रहसनसहित वाजागाजाबाट भित्राउने उनले बताए ।
आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम शाहले चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेँललाई दुई लगाएर नियन्त्रणमा लिएको अर्ना चितवनमा लैजाने पत्र हस्तान्तरण गरेसगैँ चितवनबाट आएको प्राविधिक टोली चितवनका लागि हिडेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । एउटा भाले र एउटा पोथी अर्ना सहित टोली कोशीटप्पुबाट आएको हो । बुधबार समातिएको अर्थ बस्यक र बिहिबार गरि नियन्त्रणमा लिईएको भाले अर्ना करिव ५ बर्षको छ । यसको तौल अनुमानित पाँच कुन्टलको रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । वाँकी अन्य अर्नाहरु क्रमैसँग ल्याईने छ । पछि थप अर्ना ल्याउने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
निकुञ्ज विभागका महानिर्देशक मानबहादुर खड्काले शुक्रबार आज दिउँसो निकुञ्जको पूर्वी सेक्टर पदमुरमा एक भव्य समारोहका विच अर्नालाई वन मन्त्री शंकर भण्डारी आई स्वागत र सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
अर्नाको काम सकिएपछि शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याउने काम थालिने निकुञ्ज विभागले जनाएको छ । १७५ वर्ग किलोमिटरमा फैलिएको कोशीमा अहिले ४३२ अर्ना छन् । चराहरु ५२० प्रजातीका छन् । डल्फीन ११ वटा छ भने गोही ७ वटा र गिद्ध २५० भन्दा बढी छन् ।
प्राविधिक र पशु चिकित्सकसहितको ६० जनाको टोली पाँच वटा हात्तीमा अर्नाको गरेका थिए । २ वटा अर्ना चितवन आए पनि बाकी क्रमिकसगँ आउने उनले बताए ।
कुल ५ भालेसहित २० वटा अर्ना कोशीबाट चितवन सारिने योजना छ । अर्ना राख्न सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रमा तारबारले घेरिएको छ ।