शुक्रबारदेखि कोशी अर्नाका चितवनमा देखिने (तस्वीर र भिडियोसहित)

 

राजेन्द्र आचार्य
कोशीटप्पु , १३ माघ। चितवनमा अब देखि देखि पर्यटकहरुले अर्ना देख्न पाउने भएको छ । दुर्लभ वन्यजन्तु अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी पोष्टमा बिहिबार एक भाले र एक पोथी गैडा स्थानान्तरणका लागि चितवन राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण भएसगैँ शुक्रबार देखि चितवनमा अर्ना पनि देख्न पाइएको हो ।

16244940_1443116539080291_100413239_o
आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम शाहले चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेँललाई दुई लगाएर नियन्त्रणमा लिएको अर्ना चितवनमा लैजाने पत्र हस्तान्तरण गरेसगैँ चितवनबाट गएको प्राविधिक टोली चितवनका लागि हिडेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । 16357202_1443114482413830_1476497344_oएउटा भाले र एउटा पोथी अर्ना सहित टोली कोशीटप्पुबाट आएको हो । बुधबार समातिएको अर्थ बस्यक र आज नियन्त्रणमा लिईएको भाले अर्ना करिव ५ बर्षको छ । यसको तौल अनुमानित पाँच कुन्टलको रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।
वाँकी अन्य अर्नाहरु क्रमैसँग ल्याईने छ । पछि थप अर्ना ल्याउने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
निकुञ्ज विभागका महानिर्देशक मानबहादुर खड्काले शुक्रबार दिउँसो निकुञ्जको पूर्वी सेक्टर पदमुरमा एक भव्य समारोहका विच अर्नालाई वन मन्त्री शंकर भण्डारी आई स्वागत र सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिए । 20170125_162453
अर्नाको काम सकिएपछि शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याउने काम थालिने निकुञ्ज विभागले जनाएको छ । १७५ वर्ग किलोमिटरमा फैलिएको कोशीमा अहिले ४३२ अर्ना छन् । चराहरु ५२० प्रजातीका छन् । डल्फीन ११ वटा छ भने गोही ७ वटा र गिद्ध २५० भन्दा बढी छन् ।
प्राविधिक र पशु चिकित्सकसहितको ६० जनाको टोली पाँच वटा हात्तीमा अर्नाको गरेका थिए । २ वटा अर्ना चितवन आए पनि बाकी क्रमिकसगँ आउने उनले बताए । 20170125_134721
कुल ५ भालेसहित २० वटा अर्ना कोशीबाट चितवन सारिने योजना छ । पहिलो क्रममा भने बिहीबार तीन वटा अर्ना लयाईने भने पनि प्राविधिक कारणले दुई वटा मात्रै अर्ना चितवनमा ल्याउन लागिएको हो । अर्ना राख्न सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रमा तारबारले घेरिएको छ ।20170125_162137 20170125_162302 9Y2A5282