चितवनमा आउने पहिलो अर्ना यसरी नियन्त्रणमा आयो … ( भिडियो र तस्वीरसहित)

राजेन्द्र आचार्य
कोशीटप्पु १३ माघ । दुर्लभ वन्यजन्तु अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षको पत्थरी पोष्टमा बुधाबार छुट्टै चहलपहल बन्यो ।

9Y2A5182प्राय आरक्षका कर्मचारी, सेनासँगैँ केही स्थानिय मात्र देखिने पत्थरीमा एकाएक तीन वटा ट्रक, एउटा डोजर, अन्य ४÷५ बटा गाडी । नयाँ अनुहारका मान्छे देखिए । के रहेछ भनेर स्थानियहरु कौतुलहता सहित आए । एक कान दुई कान हुँदा हुँदै मानिसको भिड बढ्दै गयो । केही बेर स्थानिय अच्मित भए । 9Y2A5046
पोष्ट नजिक मेसमा खानपिन भो । ल सबै यता आउँ है । चितवन निकुञ्जका वार्डेनको बोली सुन्ने वित्तीकै कर्मचारी प्राविधिकको mृि ध्यान केन्द्रित भयो ।
अब हामी यसरी जान्छौ है अर्ना खोज गर्न, दुर्लभ एक सिगें गैडा र पाटे बाघका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जमा अर्ना समेत देखिने भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेँलले प्रफुल्लित मुन्द्रामा निर्देशन दिँदै भने ।
सप्तरी, सुनसरी र उदयपुरमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षका अर्ना पहिलोपटक चितवनमा पनि पर्यटकहरुले देख्न पाउने भएका छन् उनले भने,हामी निकै संयमित हुन जरुरी छ । 20170125_134721
हामीले यो अर्ना अंकति हरियो टिर्सट ऐतिहासिक पहिचान लागि सार्वजिक गरेका छौ, यही लगाएर सबै यसको खोजीमा निस्कने छौँ उनको भने ।

अर्ना लिनका लागि अहिले यहाँ पाँच हात्ती जान्छ । प्राविधिक र चिकित्सक सहितको ६० जनाको टोली छौँ । बरिष्ठ पशु चिकित्सक डा कमल गैरे र प्राविधिक पुरुषोत्तम पाण्डेको नेतृत्वमा डाट गर्ने टोली, अनि सञ्चाकर्मी मित्रहरुलाई सहज तरिकारबाट भिडियो तस्वीर खिच्न दिँऊ । कोहि पनि हल्ला नगरौँ ।
यस्तै हात्तीसारे रामनरेश दरोगाको नेतृतवमा घेर्ने टोली छ ।
स्थानिय व्यवस्थापन र परिचालनमा राष्ट्रिय प्रकृति संरक्षण कोषका बरिष्ठ प्रशासकिय अधिकृत रामकुमार अर्याल र चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक हुनुहुन्छ ।
र म चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेल अनि कोशिटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार शाह सञ्चार एवं सूचना समन्वयमा गर्ने छौ । टोलीमा निकुञ्ज विभागका ईकोलोजिष्ट लक्ष्मण पौडेलले पनि हामीसगँ सहजीकरण गर्नु हुने छ ।
डा कमल गैरहेको नेतृत्वमा अर्ना लठ्याउन आवश्यक औषधिजडित ‘डार्ट गन’ वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णु लामा र विपु चौधरीले गर्ने छन् । यहि तयारी हो । अगाडी बढौा ।

पत्थरी पोष्ट नजिक रहेको मोरिया खोलाको किनारबाट अर्ना पहिलो पटक चितवन लैजाने योजना अनुसार टोली पत्थरी पोष्ट हुदै आरक्ष भित्र प्रवेश गरे ।9Y2A5071

झण्डै ७ किलो मिटर खोला नजिक पुगेपछि अर्ना बरिष्ठ पशु चिकित्सक डा.कमल गैरे सहितको टोलीले अर्ना नियन्त्रणका लागि औषधिजडित ‘डार्ट गन’ मा औषधी भरे । अनि कोशी र मोरिया खोलाको दोभान हुदै टोली अर्ना नियन्त्रणमा लिन अगाडी बढ्यो ।9Y2A5033

एउटा अर्धवयस्क पोथी अर्नालाई नियन्त्रणमा लिएसँगैँ अब चितवनमा नै अर्ना देखिने भयो, अब यो सबै विवरण राम्रो सँगँ राखौं, हामीले लिएर आएको खोर तर्फ लैजाऊ डा. कमल गैरेले भन्दैथिए । तीन बर्षको जस्तो देखिने अर्ना करिव २ कुन्टल र १५१ सेन्टीमिटर लामो छ ।9Y2A5168

‘हात्तीबाट मैले हानेको डाटगन मिस भो, अनि पैदल रहेका दिपु चौधरीले हानेको दोस्रो गोलीले नियन्त्रणमा लिन सफल भईयो’ वरिष्ठ प्राविधिक विष्णु लामाले बताए । डाट गरेर अर्ध बेहोर भएपछि आवश्यक नमूना लिइर पुन एन्टी डोज दिएर अर्नालाई खोरमा राखिएको थियो ।20170125_162453

फेरि प्राविधिकले बेहोस अर्नालाई ब्युँताउन ‘एन्टी डार्ट’ औषधि कानबाट हाले । अनि बोलेरो कारमा राखि । पत्थरी पोष्ट नजिक टकमा ल्याई राखियो । होसमा आउने बित्तिकै खोरको ढोका थुनियो । उपस्थित सबैले पहिलो अर्ना डार्ट गर्न सफल भएको खुशीमा ताली बजाए ।
खोरलाई स्काभेटरकै सहयोगले जमिनको तहमा मिलाएर राखिएको ट्रकभित्र राखियो ।

आज विहिवार पुन एउटा भाले र अर्काे पोथी अर्नालाई नियन्त्रणमा लिएर विहिवार नै तीन वटा अर्ना चितवन पठाईने अर्ना लिन कोशी पुग्नुभएका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

9Y2A5282 9Y2A5280 9Y2A5264 20170125_162137 20170125_162302 20170125_162349

कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार शाहले अर्नाको बंश विस्तारका लागि यसरी चितवनमा अर्ना स्थानान्तरण गर्न लागिएको बताए । साथै उनले अब कोशी गैडाको लागि समेत राम्रो बास स्थान रहेको बताउदै चितवनले पनि गैडा दिनुपर्ने माग गरे ।
उनी मात्रै होइन् अर्ना लैजाने भने पछि कडा संघर्षमा उत्रिएका कोशी टाप्पु मध्यवर्ती क्षेत्रका सदस्य राजकुमार सिंहले आफुहरुको विरोध रहेपनि बंश विस्तार हुने आशामा लैजान दिईएको भन्दै चितवनले पनि गैडा उपहार दिएर संरक्ष्णमा सक्रिय गराउन माग गरे । कोशीमा ४३२ अर्ना छन् ।

कुल ५ भाले सहित २० वटा अर्ना कोशीबाट ल्याउने निर्णय भएपनि पहिलो चरणमा तीनवटा मात्रै लगेर यही माघ १४ गते चितवन निकुञ्जको पुर्वी सेक्टर पदमपुरमा सार्वजनिक गर्ने तयारी छ । त्यसपछि २५ वटा बाह्रसिंगे शुक्लाफाँटाबाट चितवन ल्याईने छ ।
तिनीहरुलाई राख्न चितवनको सौराहा स्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षत्रफल तयार पारी ईन्क्लोजर (तारबारले घेरिएको विशेष क्षेत्र) बनाईएको छ । त्यहाँ राखेर यसको थप सम्भावेता अध्ययन पछि मात्रै फरि खुल्ला रुपमा छोडिने छ ।