चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा न्यौपानेमाथि साँघातिक आक्रमण

राजेन्द्र आचार्य
चितवन, ११ माघ । चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशकडा हरिशचन्द्र न्यौपाने माथि साँघातिक हमलाको प्रयास भएको छ ।
कलेजको काम सकेर घर जाने क्रममा अस्पतालको गेट नजिकै उनलार्ई तीनजनाको समुहमा आएका अज्ञात व्यक्तिले आक्रमणको प्रयास गरेको चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । dr haris kodr haris ko
आफ्नो निजी गाडी ना १४ च ७५६४ नम्वरको रेन्ज रोवरबाट घरतर्फ जाने क्रममा कलेजको मुलगेट अगाडी नै आक्रमणको प्रयास भएको प्हरीले जनाएको छ ।
सो क्रममा डा न्यौपाने चढेको गाडीको अगाडीको सिसा फुटेको र न्यौपानेलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी तिब्र पारिएको प्रहरी उपरिक्षक थापाले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
शुरुमा नमसकार भन्दै तिनजना आएको र पछि उनीहरुले नै आक्रमण गरेर भागेका थिए ।
कलेजका व्यवस्थापक अरुण कोईरालाले घटनाको कारण पत्ता लगाई कारवाही गर्न स्थानिय प्रशासनसँग माग गरे ।