फोनिजले यि व्यक्तिलाई गर्यो महासंघको अधिवेशनमा सिफारिस (हेरौ को परे पुरा नाम )

चितवन, ८ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनले आसन्न नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनमा कडा दाबेदारी प्रस्तुत गर्ने भएको छ । आज नवलपरासीको गैंडाकोटस्थित ब्रिटिस क्याम्पमा भएको बृहत भेलाले पदाधिकारीसहित जिल्ला सदस्यहरुमा दाबेदारी प्रस्तुत गरेको छ ।fonija ko

भेलाले उपाध्यक्षमा फोनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरी, सह–सचिवमा फोनिज सचिव राजु चौधरी, महिला सदस्यमा सरस्वती लामा, आरक्षण र खुल्ला सदस्यहरुमा सन्दिपकुमार श्रेष्ठ, बबिलाल तामाङ, तुलमान गुरुङ र ज्ञानेन्द्र तामाङले उम्मेदवारी दिने निर्णय गरेको भेला तथा वनभोज कार्यक्रमका संयोजक तुलमान गुरुङले जानकारी दिनुभयो । यस्तै भेलाले फोनिजका उम्मेदवारहरुलाई विजय गराउनका लागि एउटा वार्ता टोली समेत बनाएको छ ।

जसको संयोजकमा फोनिज अध्यक्ष चौधरी, सदस्यहरुमा उर्गेन तामाङ, रमेश राना मगर, तुलमान गुरुङ र सूचना गुरुङ रहनुभएको छ । भेलामा फोनिजका कार्यप्रगति र भावी योजनाहरुको विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष पदमबहादुर गुरुङ, फोनिजका सल्लाहकार इश्वरकुमार जोशी र अमर प्रधानलगायतको सहभागिता रहेको थियो । पत्रकार महासंघ चितवनको आउँदो फागुन १७ गते जिल्ला अधिवेशन हुँदैछ ।