बैद्य निकट विद्यार्थी संयोजकमा अमित

 चितवन, ०८ माघ ।मोहन बैद्य नेतृत्वको नेकपा (कान्तििकारी) माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी जिल्ला समिती चितवनको जिल्ला भेला समपन्न भएको छ ।anikal

आज भरतपुरको स्कुल अफ हेल्थ साईन्स समपन्न भेलाले अमित सापकोटाको संयोजकत्वमा २५ सदस्यिय जिल्ला कमिटी गठन गरिएको छ । जसको सह संयोजकमा रुपक पोखरेल प्रज्वल चयन भएका छन् ।

आगामी स्वबियु निर्बाचनलाई लिक्षतगदै संगठनले आफ्ना कार्यसमिती चयन गरेको हो । संगठन सुद्धिणकरण अन्तर्गत स्वबियु निर्बाचनहुने कलेजहरुमा आफ्ना गतिबिधीहरु संचालान गरिने सह संयोजकमा रुपक पोखरेल प्रज्वले जानकारी दिए ।

जिल्ला अध्यक्ष अमृत चापागाईको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा संगठनको तामसालिड्ङ राज्य इन्चार्ज शिलु न्यौपाने,पार्टी जिल्ला सेक्रेटरी सुरेश गौतम,जिल्ला नेता बिपिन शर्मा,लगाएतको उपस्थिती रहेको थियो ।