नारायणी नदी प्रदुषित हुदाँ संरक्षणकर्मी चिन्तित

बिबेक भण्डारी
चितवन, माघ ०८ । जिल्लाको नरायणि नदि दिनानुदिन प्रदुषण हुदा पर्यटकिय संरक्षण कर्मीहरु चिन्तीत बनेका छन ।

नवलपरासीको नारायणि नदि सिम्सार क्षेत्र दिनादुनि प्रदुषण हुदा सिम्सार क्षेत्रमा पाइने जंगलिजनावर तथा पंक्षिको संख्या घट्दो छ । देशको आर्थिक विकासमा पर्यटन व्यवशायले गति लिइरहेका बेला यसरी सिम्सार क्षेत्र दुषित हुदा पर्यटकका लागि हेर्न लायक जनावर तथा पंक्षिहरु घट्दो क्रममा रहेको छ ।

देशमा पर्यटकिय सम्भावना प्रसस्त मात्रा रहे पनि मानवविय कृयाकलापका कारण दिनानुदिन पर्यटन क्षेत्र कुरुप हुदै गएको छ । पर्यटन संरक्षण कर्मिहरुले जिल्लाको नारायणि किनारमा पर्यटकहरु आकर्षण गर्न विभिन्न किसीमका पर्यटक आकर्षण कृयाकलाप गरि रहेपनि नदिको किनारमा उघोगहरु संञ्चालन गर्दा उघोगबाट निस्कीएका विभिन्न प्रदुषित वस्तुहरुले नदि संगै नदिको आसपासमा रहने जंगलिजनावर तथा पंक्षिहरुमा असर पर्दै गएको छ। मनविय कृर्याकलापको कारण हाम्रो देशको प्रकृतिक क्षेत्र यतिबेला कुरुप जस्तै बन्दै गएको छ। पर्यटकका लागि आर्कषकको केन्द्र रहेको प्रकृतिक शौन्दर्य तथा जंगलिजनावरहरु यतिबेला मानविय कृयाकलाप कै कारण घट्दो अवस्थामा रहेको देखिन्छ । त्यस्तै पर्यटन कर्मि तथा पंक्षि विद डि वी चौधरीका अनुसार जिल्लाको गैडाकोट देखि कावासोती क्षेत्र भएर बग्ने नदि यतिबेला बढि प्रदुषित भएको बताउनुभयो ।narayani-river

उहाका अनुसार यतिबेला मानविय कृयाकलापले नै प्रकृतिको नास गरिरहेको बताउदै नारायणि नदिलाई ढल निकास गर्ने केन्द्रका रुपमा विभिन्न उघोगहरुले प्रयोग गर्दै आएको बताउनुभयो । फलस्वरुप हामिलाई तत्काल यस्ता कृयाकलापले त केहि फाइदा पुर्याउला तर भविष्यमा भने नारायणि नदिमा पाइने जनावर तथा पंक्षिहरु लोप भए जान सक्ने अवस्था सृजना हुने बताउनुभयो ।

पंक्षि विद् चौधरीका अनुसार पर्यटकका लागि नारायणि नदि तथा नदिमा भेटिने विभिन्न जनावर तथा पंक्षिहरु अवलोकन गर्ने मुख्य केन्द्र रहेको हुदा भविष्यमा यस्ता प्रकृतिक शौन्दय लोप हुदै जादा जिल्लाको नरायणि नदि किनारमा अवलोकन गर्न आउने पर्यटकको संख्यामा पनि गिरावट आउने भयावह स्थिति उत्पन्न हुनसक्ने समेत बताउनुभयो ।

चौधरीका अनुसार बिस वर्षको अवधिमा नारायणि नदि प्रदुषण हुदै जादा ७० प्रतिसत पंक्षिहरु यस क्षेत्रमा वस्न नसकेको र उनिहरुलाई सुहाउदो बाताबरण विग्रेका कारण यन्यत्र गएको बताउनुभयो । चौधरीका अनुसार पर्यटन क्षेत्रको मापडण्ड अनुसार पर्यटन क्षेत्र भनेर छुट्याइ सके पछि त्यस क्षेत्रको पाचँ सय मिटर वरपर पर्यटन तथा पर्यटकिय क्षेत्रलाई कुरुप पार्ने खालको कुनै पनि गतिविधि संञ्चालन गर्ने अनुमति नहुदा नहुदै पनि अतिवेला मापडण्ड विपरित यस्ता कृया कलाप भइ रहेको भए पनि नगरपालिका तथा संवधित निकायले यो विषयमा कुनै वास्ता नगरेको चौधरीको भनाइ छ ।

देशको पर्यटन तथा प्रकृतिक क्षेत्रलाई संरक्षण गर्ने समयमा जिल्लामा यस्ता गति विधि भइ रहेको भए पनि यसमा भने कसैको ध्यान जान सकेको छैन । न त नगरपालिकाको नै ध्यान जान सकेको छ न त राज्यको नै ध्यान जान सकेको छ। इो विषयमा नगरपालिका तथा संवधित निकायले अनुगमन गरि पर्यटन र प्रकृतिक क्षेत्रको संरक्षण गर्नु आवस्यक छ । हैन भने तत्कालको मुनाफाले भविस्यमा देशमा यस्तो प्रकृतिक स्रोत साधन पनि धियो र भनेर पान्नामा हर्नुपर्ने अवस्था सिर्जना नहोस । देशको प्रकृतिक र पर्यटन संरक्षणमा सवैको धयान जान आवस्यक छ ।