बाईपास सडक बिस्तार गरीने, १०.५ मिटर पिच सहित नाला समते निमार्ण हुदै,

प्रकाश सिग्देल
चितवन माघ ७ । चितवनको भरतपुर स्थिित बाईपास सडक विस्तार हुने भएको छ । भरतपुरको केन्द्रिय बसपार्क चोक देखी आपटारीसम्मको करिव ४.५ किलोमिटर सडक विस्तारको काम सुरु गर्न लागेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । बाईबासमा सवारीको चाप बढेसंगै सडक साघुरीदै गएका कारण सवारी साधनको चाप ब्यवस्थापन गर्न सडक बिस्तारको काम अगाढी बढाईएको सडक डिभिजन कार्यालय भरतपुरको भनाई छ । road
बाईपास सडक बाट ठुला सवारी तथा लामोदुरीका सवारी सन्चालन हुने र त्यही सडक क्षेत्रमा सरकारी कार्यालयहर पनि भएकाले दुघटनाको जोखिम समेत बढने सम्भावना देखिएको हुदा तत्कालै सडक बिस्तार गर्न सुरुगरिएको डिभिजन कार्यालयको भनाई छ । सडक बिस्तारको जिम्मा गौरी पार्वति निमार्ण सेवा भरतपुरले पाएको छ ।
सडक बिस्तारको लागी सर्वेको काम सुरु भईरहेको छ । सडकको पिचको बिचबाट १५ मिटर दाया र १५ मिटर बाया सम्म सडक बिस्तार गरीने र १०.५ मिटर पिच सहीत नाला निमार्ण गरीने गौरी पार्वती निमार्ण सेवाका सुपर भाईजर शिव पराजुलीले बताए ।
डेढ वर्ष भित्र सडक निमार्ण कार्य पुरा हुने उनको भनाई छ । भरतपुर क्षेत्रमा वस्ती विकास हुने क्रमसंगै सडकका चाप बढदै गएपछी सडक बिस्तारको नितान्त आवश्यक भएको उनको भनाई छ ।
सडक विस्तारका लागी सडक क्षेउका विद्युतको पोल र खानेपानीको पाईपको पनि व्यवस्थापन आवश्यक रहेकाले सर्वे सकिए लगतै पोल र खानेपानीको पाईव व्यवस्थापन गरी पिचको काम सुरु गरिनेछ ।