६ बर्षिया भतिजी बलत्कार गरेको आरोपमा काका पक्राउ

चितवन, ०७ माघ ।  पुर्बिचितवनको राप्ती नगरपालिका ७ मुडाभारकी ६ बर्षिया आफ्नै भतिजीलाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आँफ्नैकाकाले जबरजस्ती करणी गरेको आरोपमा राजकुमार परियारलाई प्रहरीले पक्रउ गरेको हो ।
एउटै घरमा बस्ने ती बालिकालाई मंगलबार राती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय भण्डाराले बालिकाको काकालाई पक्राउ गरेको थियो । पक्राउ परेका परियारलाई थप अनुशन्धान तथा कारबाहीको लागी ईलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा राखिएको छ । पिडित बालिकाको बुवा भारतमा रहेको र आमाले अर्को बिहे गरेर गएकोले उनी आफ्नै हजुरबुवा , हजुरआमा , फुपु र काकाको साथमा एउटै घरमा बस्दै आएकी थिईन् ।rape

गाँउका स्थानीयले घटना थाहा पाएर महिला अधिकारकर्मीलाई खबर गरेको र उनीहरुको पहलमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो । बालिकालाई अहिले उद्धार गरी भरतपुरको एक संरक्षण केन्द्रमा सुरक्षित साथ राखिएको र थप अनुशन्धान भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक घजिन्द्र बहादुर कार्कीले जानकारी दिए ।