एक्सपर्टको ग्राण्ड एजुकेशनल फेयरमो ४ सय बढी विद्यार्थिहरुको सहभागिता

चितवन, ०५ माघ । नेपालबाट अष्टे«लिया अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी चितवनको भरतपुरमा ग्राण्ड अष्टे«लियन एजुकेसन फेयर सम्पन्न भएको छ ।

विगत लामो समयदेखि नेपालबाट अष्टे«लिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिंदै आएकोे एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले आयोजना गरेको उक्त फेयरमा अष्टे«लिया बाट आएका ५ वटा यूनिभर्सिटीका प्रतिनिधिहरु र एक्सपर्ट एजुकेसनका ग्लोबल डिरेक्टरहरुको सहभागिता रहेको थियो । आज भएको उक्त फेयरमा अष्टे«लियामा अध्यन गर्न चाहाने ४ सय भन्दा बढी विद्यार्थिहरुको सहभागिता रहेको थियो ।expert-2
फेयरमा सहभागि विद्यार्थीहरुले यूनिभर्सिटीका प्रतिनिधिहरु र एक्सपर्ट एजुकेसनका ग्लोबल डिरेक्टरहरुसंग आप्mनो चाहाना, लक्ष्य र सम्भावनाका बारेमा प्रत्यक्ष रुपमा कुराकानि गरेका थिए । उनिहरुले अष्टे«लियाको शिक्षा, विश्वविद्यालय, विषयगत लागत, आवदेन प्रक्रिया जस्ता आवश्यक सम्पूर्ण विषयहरुमा प्रत्यक्ष जानकारी लिन पाएकोमा खुसि लागेको प्रतिक्रिया दिएका छन् ।

फेयरमा अभिभावकहरुको पनि सहभागिता रहेको थियो । उनिहरुले पनि विश्वविद्यालय र कन्सल्टेन्सीका प्रतिनिधिहरु सँगको प्रत्यक्ष कुराकानीमार्फत् विद्यार्थीहरुले अष्टे«लियामा अध्ययन गर्न जान आवश्यक सबै जानकारी विश्वसनिय वातावरणमा एकै ठाउँ प्राप्त गरेकोमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाइ धन्यवाद ज्ञापन गरेका छन् ।

काठमाडौं, चितवन, बुटवल, पोखरा र बिर्तामोडमा गरी नेपालका ५ शहरमा शाखा कार्यलय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपाली विद्यार्थीहरुले सहजरुपमा उचित परामर्श पाउन् भन्ने उद्देश्यले यस प्रकारका शैक्षिक मेला आयोजना गर्दै आएको छ । अहिले सम्म विभिन्न मुलुक गरि २० हजार भन्दा बढी विद्यार्थी एक्सपर्ट एजुकेसन मार्फत अष्टे«लिया पुगिसकेका छन् । यस्ता फेयर र शैक्षिक सेमिनारले विद्यार्थिहरुमा आत्मविश्वास बढ्नुका साथै उनिहरुले उचित परामर्श पाउने हुनाले पनि एक्सपर्ट एजुकेशनले सोहि प्रकारका कार्यक्रमहरुको आयोजना गर्दै आएको र आगामि दिनमा पनि गरिरहने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका चितवन डिरेक्टर डिल्लीराम अधिकारीले जनाएका छन् ।