अण्डाको मुल्य घट्दा, उपभोक्तामा राहत महसुस

सूर्य प्रसाद अधिकारी
चितवन, माघ०५ । बिगत केही महिनादेखि बढ्दै आएको अण्डाको मुल्य मंगलबार देखि केही घटेको छ। नेपाल अण्डा उत्पादक संघ केन्द्रिय समिति र अण्डा बिक्रेता हरुको २०७३ माघ ४ गते चितवन मा भएको बैठक को निर्णय अनुसार चितवन लाई आधार मानी अण्डाको मुल्य घटाइएको हो। बिगतमा अण्डाको मुल्यमा चर्को मुल्य तिर्दै आएका उपभोक्तालाई केही हदसम्म राहत महसुस भएको छ।egg-ko

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम के।सी।का अनुसार अण्डाको माग बढेतापनि जाडो र हिमपातका कारण देशका पहाडी तथा उच्च स्थानमा अण्डा पुरयाउन नसकिएको उहांँले बताउनुभयो । साथै अहिलेको समयमा स्कुल कलेजमा जाडो बिदा हुनु र स्वस्थानीको ब्रत कथा शुरु भएकोले गर्दा अण्डाको उपभोगमा केही कमी आएको उहांको भनाई छ। चितवनमा उत्पादन भएको अण्डा यातायातको पहँुंच हुने स्थानमा खपत होस भन्ने उदेश्यले केही समयको लागि घटाइएको उहांले जानकारी दिनुभयो।

उहांँले अब आउने मौसम र समयको परिस्थिती हेरी फेरी अण्डाको मुल्य हेरफेर हुने बताउनुभयो । जस अनुसार मंगलबारबाट लागु हुनेगरी ठुलो अण्डा फार्म मूल्य रु ३४५ र बिक्री मुल्य रु ३५० कायम गरिएको छ । मिडीयम अण्डा प्रति क्रेट फार्म मूल्य रु ३२५ र बिक्री मूल्य रु ३३० कायम गरिएको छ । यस अघि ठुलो अण्डा प्रति क्रेट फार्म मुल्य ३५५ र बिक्री मुल्य ३६५ कायम गरिएको थियो भने मिडियम अण्डा फार्म मुल्य ३४० र बिक्री मुल्य ३५० कायम गरिएको थियो।
चितवनमा मात्रै दैनिक करीब ९ लाख अण्डा उत्पादन हुदै आएको छ । उत्पादनको करीब ९० प्रतिशत अण्डा काठमाडौ,पोखरा लगायत पूर्वी नेपालमा जाने गरेको के.सी. ले बताए।