खिचरा महोत्सवमा गायक मनोज महतो र सम्झना भण्डारीले पाए दर्शकको साथ

सन्तकुमार चौधरी
चितवन, ४ माघ । पूर्वी चितवनको खैरहनी स्थित गौचरनमा जारी चौथों खिचरा महोत्सवको छैठौं दिन गायक मनोज महतोले दर्शकहरुको साथ पाएका छन् । उनले झण्डै १ दर्जन थारु भाषा तथा नेपााली गीत गाएर मनोरञ्जन प्रदान गरे । सजनी सजनी बोलको थारुभाषाको गीतवाट उनले आफ्नो प्रस्तुती सुरु गरेका थिए । सजनी सजनी बोलको गीत गाउँदै गर्दा मनोज सँगै दर्शकहरु स्वरमा स्वर मिलाएर साथ दिएका थिए । उनले साली भेटे जाई, जखना से तोरके मुई भेटलसु मन्दिरवामा, नक्ली रैछौं लगायत झण्डै २ घण्टा मञ्चमा नेपाली तथा थारुभाषाको गीत गाए । 2
यस्तै गायिका सम्झना भण्डारीले ५ वटा दोहोरी गीत गाइन् । माया प्रेमको कुरा दोहोरी गीत मार्फत प्रस्तुत गर्दै गर्दा युवा दर्शकहरुले निकै हुटिङ गरेको थिए । उनले दोहोरी गीत सँगै चितवने ठिटाहरुको बारेमा सृजनाहरु मार्फत जोटिला प्रहार गर्दै मञ्च तताईन् । यस्तै नेटिभ ब्याण्डले झण्डै एकदर्जन गीत गाएर लाइभ कन्र्सट मार्फत दर्शकहरुलाई मनोरञ्ज प्रदान गरे । नेपथ्य ब्याण्डको सालको पात सँग्ै निर जैले रिसाउने लगायत एकदर्जन गीत प्रस्तुत गरे । उनिहरुको प्रस्तुतीमा दर्शकहरु खुल्ला चौरमै नाचें । समयले नेटो काट्दै गर्दा पनि नेटिभ ब्याण्डको प्रस्तुतीमा दर्शकहरु झुमें । यो अघि नृत्य प्रतियोगीताको ८ जना प्रतिस्पर्धीहरुले आ–आफ्नो प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रम संयोजकका जयस चौधरीका अनुसार ८ जना नृत्य प्रतियोगीहरु मध्ये समापनका दिन विहीवार प्रथम, दोश्रो, तेस्रो र सान्तवना छनौट गरि पुरस्कार प्रदान गरिने छ ।
यस्तै दिनभर रत्ननगर डान्स एकाडेमिका कलाकारहरुले फरक फरक गीतमा नृत्यहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे । पौष २८ गतेदेखि आयोजना गरिएको खिचरा महोत्सवमा १ सय २० वटा व्यवसायिक स्टलहरु छन् । थारु समुदायको परम्परागत खानाका परिकार सँगै मिनी सँग्राहालय, कृषि प्रर्दशनी लगायत अटो परिसर समेत महोत्सव परिसरमा राखिएको छ । यस्तै बाल उद्यान, डुड्डासयर पनि यो पटक महोत्सवको प्रमुख आकर्षणको रुपमा रहन सफल भयो । महोत्सव बुधवार एकसमारोहका बीच समापन हुँदैछ ।