चितवन महोत्सवमा कृषि उपजमा उत्कृष्ट किसान पुरस्कृत (भिडियोसहित)

चितवन, ४ माघ । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भैरहेको ११ औँ चितवन महोत्सवमा प्रदर्शन गरिएका मध्ये उत्कृष्ट भएका विभिन्न कृषिबालीका किसानलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । मंगलबार महोत्सव स्थलमा आयोजीत उत्कृष्ट व्यावसायिक कृषकहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरि उत्कृष्ट हुन सफल भएका किसानहरुलाई सम्मान गरिएको हो ।

 

16143417_1004456249698831_8480388171313316077_o

महोत्सव परिसरमा राखिएका कृषि उपज तर्फ पहिलो, दोस्रो र तेस्रो हुने किसानलाई पुरस्कार तथा सम्मान गरिएको कृषि उपज प्रदर्शनी व्यवस्थापन समितिका संयोजक थीरप्रसाद धितालले बताए । काउली, बन्दा, फर्सी, मेवा, सुन्तला, लसुन, भेन्टा, मुलालगायतका कृषि उपज प्रदर्शनीमा सहभागिता जनाएका किसानहरुलाई पुरस्कार वितरण गरिएको हो ।16112802_1004456476365475_4067907404874338601_o

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एवम् चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले कृषिमा व्यावसायिकरण गरेमा मात्रै हाम्रो जीवनस्तर सुधार गर्न सकिने बताए । निर्वाहमुखी खेतीले हामी समृद्ध बन्न नसक्ने भएकाले सम्पूर्ण किसानहरुले व्यावसायिक कृषि पद्धती अपनाउनुपर्ने पोखरेलको भनाइ थियो ।15975284_1004456263032163_4854335896433663636_o

जिल्ला विकास समिति चितवनले कृषिमा प्रोत्साहन गर्नको लागि पशु पालन तथा कृषि क्षेत्रमा उत्कृष्ट व्यावसायिक किसानलाई पुरस्कार प्रदान गर्ने नीति लिएको पोखरेलले बताए । सबै जना मिलेर उच्च मनोबलका साथ नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन लगेमा हामीले देखेको समृद्ध नेपाल निर्माण गर्न सकिने पोखरेलको भनाइ थियो ।

कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डिल्लीराम सेढाईले पशु पालन व्यवसायको लागि आफ्नो कार्यालयले किसानमैत्री कार्यक्रम ल्याएको बताए । उन्नत प्रजातिको पशु पालन गर्दै कृतिम गर्भाधान गराउँदा व्यावसायिक पशु पालन किसानलाई धेरै फाइदा पुग्ने सेढाईँको भनाइ थियो । सरकारले एक वर्षमा अण्डमा, दुई वर्ष भित्र दूधमा र तीन वर्ष भित्र मासुमा नेपाललाई आत्मनिर्भर बनाउने निर्णय गरेकोले त्यसलाई सार्थक पार्न पशु सेवा कार्यालय लागी परेको सेढाईँको भनाइ छ ।16107532_1004456473032142_5972575354207064036_o

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले कृषिमा व्यावसायिकरण गराउनको लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना ल्याएको बताए । ११औँ चितवन महोत्सव २०७३ का मूल आयोजक समिति संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि उपज प्रदर्शनी व्यवस्थापन समितिका संयोजक थीरप्रसाद धितालले धन्यवाद ज्ञापन गरेका थिए ।