Flash News : पानीमा डुब्दा बालिकाको मृत्यु, आगो तप्दा एक घाईते

राजेन्द्र आचार्य
चितवनमा पानी भएको खल्डोमा डुब्दा एक बालिकाको मुत्यु भएको छ । भरतपुर उपमहानगरपालिका वडा न..४ नगरवन मार्ग स्थित आफ्नै घर नजिक रहेको पानीको खाल्डोमा डुव्दा ऐ.ऐ.वस्ने टिका लामाको छोरी वर्ष ६ महिना की हितमाया तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उपचारको लागि सरकारी अस्पतालमा ल्याउदै गर्दा बाटोमा नै बालिकाको मृत्यु भएको उनले बताए ।

आगो तप्दा एक घाईते 
चितवनमा घर नजिक बालेको आगो ताप्ने क्रममा आफैले लगाएको कपडामा जल्नगई एक महिला घाइते भएकी छिन् । भरतपुर उपमहानगरपालिका वडा न..९ बस्ने बर्ष अन्दाजी ६० कि पार्वर्ती देवी खत्री घर नजिक बालेको आगो ताप्ने क्रममा आफैले लगाएको कपडामा जल्नगई घाईते भई उपचारको लागि नँया मेडिकल कलेजमा ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।