खिचरा महोत्सवमा माण्डवी त्रिपाठी र संजय चौधरीले मञ्च तताए, भोली मनोजको पालो (भिडियोसहित)

सन्तकुमार चौधरी

तस्वीर : कारी महत्तो 
चितवन ३ माघ । पूर्वी चितवनको खैरहनी स्थित गौचरनमा जारी चौथों खिचरा महोत्सवमा सोमवारपनि दर्शकहरुको उल्लेख्य सहभागीता रह्यो । सोमवार गायिका माण्डवी त्रिपाठी, र संजय चौधरीले मञ्च तताए । गायिका त्रिपाठीले सिम्प्ल सिम्पल कान्छीको डिम्पल पर्ने गाला..यति धेरै मान्छेहरुको भीडमा..बोलको गीत गाउँदै दर्शकहरुलाई उफारिन् ।2

उनले लगातार ७ वटा आधुनिक गीत गाएर मनोरञ्जन दिइन् । मात लाग्यो मात लाग्यो बोलेको गीत गाउँदा दर्शकहरुको अत्याधिक हुटिङ पाइन् ।
ढल्क्यो ढल्क्यो बोलको गीत सँगै ३ वटा दोहोरी गीत गाएर आफ्नो प्रस्तुतीको विट मारिन् । यस्तै गायक संजय चौधरीले गल्तीमेरो छैन बोलेको गीत गाएर आफ्नो प्रस्तुती शुरु गरे । उनले पनि झण्डै आधादर्जन गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिए । मिस नेपाल २०१५ को मिस बब्ली निस्मा चौधरीले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रम संचालनको क्रममा उनले समेत दर्शकहरुबाट राम्रै हुटिङ पाइन् । सोमवार होस्टेल रिटर्नको पि केड डनको रुपमा परिचित प्रदीपकुमार चौधरी, रोजिन पाण्डे, अञ्जन डल्लाकोटीको समेत प्रस्तुती रह्यो । सोमवार नै इथोस ब्याण्डले आफ्नो प्रस्तुती प्रस्तुत गरे ।1

कार्यक्रममा रत्ननगर डान्स एकेडेमिका कलाकारहरुले विभिन्न खालका नृत्यहरु प्रस्तुत भयो ।
यस्तै पूर्वी चितवनको बेल्डिहाका कलाकारहरुले समेत आ–आफ्नो नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरे । सोमवार थारु समुदायको थारु सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत भयो । मंगलवार मनोज महतो, लोक गायिका सम्झना भण्डारी, लाइभ कन्सर्ट हुने सांस्कृति कार्यक्रम संयोजक जयस चौधरीले जानकारी दिनुभयो ।

 

nisma

चौथों पटक आयोजना गरिएको खिचरा महोत्सवमा १ सय २० वटा व्यवसायिक स्टलहरु छन भने थारुको परम्परागत खाना, चिचर, माछा, घुंगी लगायतका परिकारहरुको समेत स्टलहरु छन् । बाल उद्यान, डुंगा सयर लगायतको समेत व्यवस्था छ । महोत्सव अवधीभर २५ लाखको आर्थिक कारोवार हुने आयोजकको अनुमान छ । महोत्सवमा माघ ५ गते समापन हुने आयोजक समितिका अध्यक्ष नारायणप्रसाद महतोले जानकारी दिनुभयो ।