चितवन निकुञ्जमा माघ १० अर्ना आउने (भिडियोसहित)

राजेन्द्र आचार्य
चितवन, ०३ माघ । चितवनबाट दुर्लभ भएका अर्ना र बाह्रसिंगे चितवन राष्ट्रिय निकुञ्ज ल्याईने भएको छ । जसको सबै तयारी पुरा भई अब लिनका आजदेखि प्राविधक टोली कोशी गएको समेत भएको छ ।
अर्ना र बाह्रसिंगे ल्याउनका लागि सबै तयारी पुरा भई अगामी माघ १० गते चितवन राष्ट्रिय निकुञ्जमा पहिलो पटक अर्ना ल्याईने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मन बहादुर खड्काले जानकारी दिए । सबै तयारी पुरा भएको छ उनले भने, कहि कतैबाट प्राकृतिक रुपमा गड्बढी नभए माघ १० अर्ना आउन त्यसपछि बाह्रसिंगे आउछन् ।
दुर्लभ तथा संरक्षित बाघ र गैंडाको मुख्य बासस्थान रहेको निकुञ्जमा अर्ना र बाह्रसिंगे पनि थप्न तयारी गरिएको निर्माणको स्थान ल्याउने बक्साको निर्माण कार्यको सम्पन्न पूर्वधारको अवलोकनसगैँ अनलाईनखबरसगँ कुरा गर्दै उनले भोली नै चितवनबाट प्राविधि टोली कोसीटप्पु वन्यजन्तु आरक्ष जाने समेत बताए ।

 

IMG_20161202_113804 IMG_20161202_131413

निकुञ्जमान कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याउन लागिएको हो । पहिलो पटक यसरी अर्ना ल्याउन लागिएकाले आवश्यक अध्ययन सबै पुरा भएको र अब प्राविध पक्षको काामा स्थलगत रुपमा गरिने लागेको उनले बताए ।
। यही माघ १० गते निकुञ्जको पुर्वी सेक्टरमा अर्ना ल्याएर सार्वजनिक गरिने खड्काको भनाई छ ।
कुल २० वटा अर्ना र २५ वटा बाह्रसिंगे ल्याउन लागिएपनि पहिलो चरणमा २ वटा अर्ना ल्याईने निकुञ्ज विभागले जनाएको छ ।
चितवन निकुञ्जले पानीको श्रोत, ताल, घाँसे मैदान लगायत आवश्यक सबै व्यवस्थापन गरेर ईन्क्लोेजर तयार पुरा भएको निर्माणमा प्रत्यक्ष खटिनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका ओभरसियर आनन्द थापाले बताए । उनका अनुसार तिनिहरुलाई राख्न चितवन निकुञ्जको पुर्वी सेक्टरमा ३० हेक्टर जमिन छ्ट्याएर ‘ईक्लोजर’ निर्माण पुरा भईसकेको छ । सोही अवसरमा बोल्दै निकुञ्जका साहयक संरक्षण अधिकृत अभिनय पाठकले
कोसीटप्पुमा अहिले ४३२ वटा अर्ना रहेका छन् । त्यसमध्ये ५ भाले सहित २० वटा चितवन ल्याईन लागिएको हो । अर्ना ल्याएपछि बर्दियामा गैंडा स्थानान्तरणको काम हुने निकुञ्ज विभागले जनाएको छ ।