खिचरा महोत्सवमा उर्लियो दर्शकको भिड, एकै ४० हजार बढी आएको दावी (तस्वीर र भिडियोसहित)

चितवन, ०१ माघ । चितवनमा थारुहरुले प्रख्यात पर्व माघीका अबसरमा खैरहनीमा आयोजना गरिएको खिचरा महोत्सवमा अत्याधिक भिड भएको छ । महोत्सवमा माघे संक्रन्तिको दिन सबैभन्दा धेरै करिब ४० हजारको हराहरीमा दर्शकहरुले अवलोकन गरेको महोत्सवका संयोजक नारायण महत्तोले दावी गरे । हामीले त सोचेका पनि थिएनौँ, दर्शकहरु त उर्लिएरै आए । 15965119_10210373904237288_7440029050660439231_n
आज नयाँ बर्षको रुपमा मनाउने माघीमा पर्व भएकाले महोत्सवमा दर्शक भरिएका हुन् । आज कार्यक्रममा भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेको समेत सहभागिता थियो । उनले कृषि प्रतियोगिताका विजेताहरुलाई पुरस्कार बाँडेका थिए ।15937000_1200283696675207_3348332395692842090_o
आज भएको साँगीतिक कार्यक्रममा गायक अलमोडा राना, गायिका शशी रावल, गायक अर्जुन कौशल र स्थानीय गायक दया सिवाकोटीले गीत संगीतबाट दर्शकहरुलाई नचाए ।

अल्मोडा रानाले “पानी पर्यो असिना झरयो, निर जहिले रिसाउने, देउसी रे” लगायतका एक दर्जन गीत गाएर करीब डेढ घण्टा दर्शकलाई नचाए ।

शशी रावलले “ब्लाष्ट हुने मेरो जवानी” लगायतका आधा दर्जन गीत आधा घण्टा भन्दा बढी समय मनोरञ्जन दिए । अर्जुन कौशलले “बठिनीया हो” र स्थानीय गायक दया सिवाकोटीको “ठिटी हो” भन्ने गीत गाउँदा नजिकै रहेका ठिटा ठिटीहरुको हुटिङले थप रौनक बढेको थियो । त्यस्तै थारु साँस्कृतिक रिमिक्स नाचका साथै रत्न कला केन्द्रका डान्सरले मन लोभाउने नृत्य पस्के ।15972432_1200282863341957_9085367136638708321_o 15977169_10210373897717125_1256363410632382472_n

आज खिचरा महोत्सवमा दर्शकको भीड थामी नसक्ने गरी उर्लिएको छ । दर्शकका भीडबाट बार नै भत्किएको छ । करीब ४० हजार भन्दा बढी दर्शक एकै दिन उपस्थित हुँदा आयोजकले छपाएको टिकट समेत अभाव भएको मूल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोले बताए । भोलिको साँगीतिक प्रस्तुति मिलन लामा र रमेशराज भट्टराईलगायतको रहने छ ।16002824_10210373898197137_4960475753545586941_n 15994344_1200115350025375_2158550100750279863_o