योग दिवसमा प्रभातफेरि

चितवन, ०१ माघ । राष्ट्रिय योग दिवसको अवसर पारेर शनिबार चितवनमा प्रभातफेरि निकालिएको छ ।
पतञ्जली योग जिल्ला समिति चितवनको आयोजनामा शनिबार बिहान चितवनको नारायणगढबाट निकालिएको ¥यालीले पुलचोक, मेनरोड, लिलाचोक, मिलनरोड, सहिदचोक, लायन्सचोक हुँदै पुन पतञ्जली योगको भवनमा पुगेर सकिएको थियो । योग गर्दा मानिस निरोगी हुनुको साथै योगले मान्छेलाई फुर्तिलो बनाउने पतञ्जली योग समिति नेपालका संरक्षक तथा पूर्व डिआईजी ज्ञानेन्द्र महतले बताए । योगको उत्पत्ती नेपालबाट भएको र अहिले यसको प्रभाव विश्वभरी भएकोले योग दिवस मनाउँदै योगको बारेमा चर्चा गर्नु जरुरी रहेको महतको भनाइ थियो ।
योगको सकारात्मक प्रभावको बारेमा सबैलाई जानकारी गराउँदै सबै नेपालीलाई योग गराएर निरोगी गराउनु आजको आवश्यकता रहेको महतको भनाइ छ । ¥याली पछिको सभामा आफ्नो भनाइ राख्दै देवघाट क्षेत्र विकास समिति चितवनका पूर्व अध्यक्ष शैलेन्द्र कुमार पियाले योगको प्रचार प्रचार घरघरमा पुराउनुपर्ने बताए । भारतीय योग गुरु रामदेवले समेत योगको सुरुआत नेपालबाट भएको भनेर प्रचार प्रसार गर्दै योगलाई विश्वव्यापी बनाउँदा समेत नेपालमा योगको बारेमा जानकार कम भएका पियाको भनाइ थियो ।