महोत्सवको २० हजारद्वारा अवलोकन

चितवन, २९ पुस । पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भैरहेको ११ औँ चितवन महोत्सवमा शुक्रबार २० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् ११ औँ चितवन महोत्सव मूल व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार शुक्रबार २० हजारले महोत्सव अवलोकन गरेका भएपनि शनिबार भने ४० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्नेछन् । माघे संक्रन्ति तथा शनिबार परेकाले महोत्सवमा दर्शकको भीड हुन सक्ने गौतमले बताएका हुन् । दर्शकको भीडलाई मध्यनगर गर्दै शनिबार सुरक्षा व्यवस्था समेत मजबुत पारिएको गौतमले जानकारी दिए ।
माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न चेतनामूलक, व्यापारिकसहित पाँच सय भन्दा बढी स्टलहरु रहेका छन् । थारु, बोटे, कुमाललगायत विभिन्न जातजातिको विशेष स्टल समेत महोत्सवमा रहेको छ । सिमान्तकृत जातिहरुको सांस्कृतिक भेषभूषासहितको जातीय स्टल राखिएको आयोजकले जनाएको छ । शुक्रबार सांस्कृतिक कार्यक्रम, केराका परिकार, च्याउका परिकार, ¥याफ्टिङमा दर्शकको भीड बढी रहेको आयोजकको भनाइ छ । महोत्सव अन्तर्गत शनिबार गायक प्रजापती, हास्य कलाकार जीतु नेपाल मुन्द्रे, जीवन परियार, रिस्ता बस्नेत, जमुना राना लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।