बद्रिले दर्शकलाई नचाए (फोटो फिचर)

चितवन, २९ पुस । बिस्तारै चिसिदै गएको नारायणगढ नदी किनारको मौसम लोक गायक बद्रि पंगेनीले एकै छिन भएपनि तताएका छन् ।
bbbनारायणगढमा पुस २५ गतेदेखि सञ्चालन भैरहेको ११औँ चितवन महोत्सवको सांस्कृतिक कार्यक्रममा उपस्थित भएका गायक पंगेनीले महोत्सवमा उपस्थित भएका सबै दर्शकलाई नचाउँदै माहौल तताएका हुन् । लोक तथा दोहोरी गीत प्रतियोगितामा खासै उत्साहित नदेखिएका दर्शकहरुको माझमा जब बद्रि पंगेनी गीत लिएर प्रस्तुत भए एकाएक दर्शकहरुको भीड बढ्नुका साथै महोत्सवको वातावरण नै परिवर्तन भएको थियो । चितवन महोत्सवमा आफ्नो प्रस्तुती राख्न शुक्रबार नारायणगढ आइपुगेका गायक बद्रि पंगेनीले आफ्ना चर्चित गीतहरु गायर गायकलाई छमछमी नाचाएका थिए ।

bb
गायक पंगेनी दर्शककै माझमा गएर गीत गाउन थालेपछि महोत्सवको माहौल थप रमाइलो भएको थियो । गायक पंगेनीले खान्न म त पिँडालु कोकायो, च्यानकुटी च्यानकुटी झ्याईँ, ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा लगायत छ वटा भन्दा बढी गीत गाएका थिए । त्यसैगरी, शुक्रबारको सांस्कृतिक कार्यक्रममा भुवन प्यासी, सपना रैलाले गीत गाएका थिए भने स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।
यसैबीच, शुक्रबार लोकतथा दोहोरी गीत प्रतियोगिता समेत सम्पन्न भएका छन् । शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवन तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीबीच लोक तथा दाहोरी गीत प्रतियोगिता सम्पन्न भएको सांस्कृतिक कार्यक्रम व्यवस्थापन संयोजक रोहित कुमार श्रेष्ठले बताए ।

b