चितवनको माडीमा फेरि हात्तीको आक्रमणबाट एक बालकको मृत्यु (तस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, २९ पुस । चितवनकोे माडीमा हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका वडा नम्वर ११ खरकट्ठाका १३ बर्षीय सागर सुनारको मृत्यु भएको हो ।16002992_1158503274264114_2490439790801598259_n 15940825_1158503684264073_5162947743067102962_n

विहान राती २ बजेको समयमा हात्ती गाउँमा छिरेको थाहा पाएपछि घरबाट बाहिर निस्किएका बेला उनलाई एक्कासी हात्तीले आक्रमण गरेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली जनावरहरु बस्तीमा पसेर मानिसलाई आक्रमण गर्दै आएको छ ।