अर्कैको जग्गा बैंकमा धितो राखी ठगी गर्ने दुई पक्राउ

चितवन, २९ पुस । चितवनमा अर्कैको जग्गा बैंकमा धितो राखी ठगी गर्ने एक गिरोहलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
चितवनको रत्ननगर स्थित बछौली कमल बस्नेतको नाममा रहेको १९ कठ्ठा १४ धुर जग्गा बैंकमा राखेर २ करोड ठगी गने काभ्रेपलान्चोक मेथिनकोट गाविस ५ बस्ने ६४ बर्षिय चिरञ्जिवि भुर्तेल र किर्तेमा संलग्न महोत्तरी डामीमोडेका ३५ बर्षिय अशोक कुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए । Thagaकिर्ते गरी रकम निकालेर फरार हुँदै आएका २ जनालाई प्रहरीको विशेष सक्रियतामा नक्कली जग्गाधनी बनेर किर्ते गर्ने भुर्तेल र किर्तेमा संलग्न साहलाई पक्राउ गरी कारवाही सुरु गरेको जनाएको छ ।

भुर्तेललाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको र शाहको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले आज एक सुचना जारी गरी जनाएको छ ।
उनीहरुले काठमाडौका कमल बस्नेतको नाममा चितवनको बछौलीमा रहेको १९ कठ्ठा १४ धुर जग्गा नक्कली बस्नेत खडा गरी मालपोत कार्यालय चितवनबाट बाग्लुंग स्थायी घर भई हाल ललितपु बस्ने मेर सिँह घर्तीको नाउँमा राजिनाम पास गरेका थिए ।
उक्त जग्गा ज्योती बिकास बैंक काठमाण्डौं कलङ्कीमा धितो २०७२ माघ १३ गते नै धितो राखी रु दुई करोड पैसा निकालेका थिए ।
सक्काली कमल बस्नेतले सो कुरा थाहा पाई २०७२ साल चैत २ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको चितवनका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
तत्कालै खोजीका क्रममा संलग्न देखिएका मेर सिँह घर्ती, काठमाण्डौं टोखाका ४० बर्षकी दुर्गा केसी,काठमाडौ वानेश्वर का बिमला थापा र सुर्खेत वीरेन्द्रनगरका रमेश गिरीलाई पक्राउ गरी कर्ते मुद्धा लगाएको थियो ।
अदालत पेश गर्दा मेरसिंह घर्ती पुर्पक्षको लागि थुनामा पठाएको तथा बिमला थापा र दुर्गा केसीलाई जनही रु दुई करोड तथा रमेश गिरीलाई रु एकलाख धरौटी माग गरेको छ ।