देवघाट माघे संक्रान्ति मेलाको तयारी पुरा

चितवन, २८ पुस । पबित्र तिर्थस्थल देबघाटमा लाग्ने माघेसंक्रान्ति मेलाको तयारी पुरा भएको छ । देबघाटश्रेत्र बिकास समितीले आज बेणीसंगममा पत्रकार सम्मेलनको आयोजनागरी मेलाको तयारी पुरा भएको जनाएको छ ।

मकर संक्रान्तिका दिन त्रिशुली,कालिगण्डकीको संगम बेणी संगममा सम्पुर्ण देबीदेबताहरु स्नानगर्ने आउने भन्दै दर्शानार्थीहरु अदृष्य रुपमा देवीदेवताहरुलाई भेटेर मोक्ष प्राप्ती गरिन्छ भन्दै बेणी संगममा स्नान गर्ने हरेक बर्ष लाखौको संख्यामा भक्तजनहरु आउने गर्दछन् ।15991592_1167729846679658_1239345912_o

देबघाटमा र्दशानार्थीको भिडहुने भएकाले झलुङेपुलमा एकपटकमा १ सय जनालाई आवतजावत गर्न वातावरण मिलाईएको देबघाट क्षेत्र बिकास समितीका अध्यक्ष एंब माघेसंक्रान्ति मेला व्यवस्थापन मुल समितीका संयोजक टंकनाथ पौडेलले जानकारी दिए ।त्यसैगरी लाखौ भक्तजनले स्नानगर्ने बेणी संगममा स्नानगर्ने अस्थाई स्नानकक्ष बनाईएको छ ।हरेकबर्ष देबघाटमा लाग्ने मेलामा दर्शनार्थीलाई सहज बनाउन बिभिन्न कार्यहरु तिब्र पारिएका छन् ।

भक्तजनहरुकालागी देबघाटमा बस्नकालागी टेन्ड टागेर राखिएको छ ।रातभरी धुनीको ब्यबस्था गरिएको समितीले जनाएको छ ।त्यसकालागी चितवन र तनुह तर्फ छुट्टाछुट्टै समिती गठन गरिएको छ ।

मेलामा हुने घटनाहरुलाई नियन्त्रण संगै सुरक्षा ब्यबस्थाका लागी चितवन र तनुह जिल्लाका प्रहरी नायब उपरिक्षकको कमान्डमा प्रहरी खटाईने जनाइएको छ ।चितवनबाट प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठको कमान्डमा ३ सय ५० जना जनपथ प्रहरी र २५ जना प्रहरी परिचालन गरिने जनाईएको छ ।तनुहका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेलले देबघाटमा आउने भक्तजनहरुका लागी सहज वातावरण बनाउने बताए ।

साथै देबघाटमा मासं तथा मदिरा निषेधीत क्षेत्र बनाउन आबश्यक पहल गर्ने बताए ।तनुहका प्रहरी उपरिक्षक उमेशराज जोशीले शान्ति सुरक्षा ब्यबस्थामा आफु गम्भिर रहेको बताए । यसैबिच देबघाटमा मकर स्नानगर्न दर्शनार्थीहरु आउनेक्रम शुरु भएको छ ।देबघाटमा दर्शन गर्न नेपालका बिभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट समेत र्दशानार्थी आउने देबघाट श्रेत्रबिकास समितीले जनाएको छ ।

देबघाटमा हुने मेलालाई ब्यबस्थापन गर्न जिल्ला ट्राफिक कार्यलय चितवनले भोली दिउसो २ बजेदेखी माघ १ गते ३ बजे सम्म एकतर्फी सवारी आवागमन गराउने ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारी दिए ।सवारी आवागमन ब्यबस्थापनका लागी मुग्लिन तर्फबाट आउने सवारीका लागी दासठुङगा र ठिमुराबाट प्रबेश गराईने,नारायणगढ तथा भरतपुरबाट जाने सवारीकालागी रामनगरबाट प्रबेश गराईने ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारी दिए ।आपटाडीबाट एम्बुलेन्स बाहेकका अरु सवारीलाई निषेध गरिएको छ ।