भलिवलमा पृथ्वी मावि हावी

चितवन, पुस २८ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत क्षेत्र नम्वर दुईका खेलहरु विहीवार सकिएको छ ।

विहीवार भएको भलिवलमा पृथ्वी मावि हावी भयो । छात्र छात्रा तर्फनै दुवै प्रतिस्पर्धामा पृथ्वी मावि प्रथम भयो भने भीमोदय मावि दुवै स्पर्धामा द्धितिय भएको आयोजक जिल्ला खेदकुद विकास समिति चितवन सचिव रामजी ढकालले जानकारी दिए ।

त्यस्तै कवड्डीको छात्र तर्फ द्धारिकादास मावि प्रथम र भीमोदय मावि द्धितिय भयो । छात्रा तर्फ भने पंचकन्या मावि र जनजीवन मावि क्रमस प्रथम,द्धितिय भएका सचिव ढकालले वताए । बुधवार एथलेटिक्स अन्तर्गत दौडका विभिन्न दुरीका खेलहरुमा कंकाली माविले वर्चश्व जमाउँदै जिल्ला स्तरको प्रतिस्पर्धामा छनोट भएका थिए । प्रतियोगिताका विजयी विद्यालय र खेलाडीहरुलाई क्षेत्रिय खेल समापनका अवसरमा प्रमाणपत्र वितरण गरियो ।

भीमोदय मावि व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठ,जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष केशव आचार्य र सचिव रामजी ढकालले प्रमाण पत्र वितरण गरे । अव क्षेत्र नम्वर ३ को खेल माघ ५ र ६ गते क्याम्पाचौरमा हुने छ ।

क्षेत्रिय स्तरका प्रतिस्पर्धाबाट छनौट भएका खेलाडी तथा विद्यालयहरुले जिल्लास्तरीय प्रतियोगितामा भाग लिन पाउने जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष आचार्यले जानकारी दिए । क्षेत्रियस्तरका खेलपछि जिल्लास्तरको प्रतियोगिता हुनेछ