ठोरीको पिडा बुझ्दा आखाँबाट आशु आयो : उर्जा मन्त्री जनार्दन (भिडियोसहित)

सुदिप थापा
चितवन (ठोरी) २२ पुस । नेपाल सरकारका उर्जा मन्त्री जनार्दन शर्माले ठोरी गाबिसको पिडा सुन्दा आफ्नो आखाँबाट आशु आएको बताएका छन् । नयाँ संबिधानको सिमाकंनमा ठोरीको जनताको प्रदेश नं ३ मा समायोजन हुने शत प्रतिशतको भावना र एक्काईसौ शताब्दीमा आईसक्दा पनि ठोरीमा सेवा र सुविधाको पहँुच देखेर आफुलाई दुख लागेको बताए । parbhakar-koशुक्रबार विद्युतीकरणको उद्घघाटन गर्न ठोरी पुगेका नेपाल सरकारका उर्जा मन्त्री शर्माले  नेपालमा विकाससंग संम्बन्धीत  निकायहरु निदाएर बस्दा साना–साना विकासका काम सम्पन्न हुन लामो समय लाग्ने गरेको बताए ।
उनले भने ठोरीमा विद्युत बलेर मात्र पुग्दैन यो स्थानको आवश्यता राज्यले मुल्यकंन गरीसकेकोले ठोरी (केरुगं लोकमार्कको तिब्रता, नाका बिस्तार र शत प्रतिशत ठोरीको जनताको प्रदेश तिनमा समायोजन हुने चाहानालाई राज्य र राजनैतीक दलले छिटैनै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै मन्त्री शर्माले कार्यक्रममा उज्यालो नेपाल बनाउन समग्र उर्जा मन्त्रालयनै लागेकाले यो अभियान सबै नेपाली जनताको सहयोग आवश्यक पर्ने बताए । कार्यक्रममा उर्जा राज्य मन्त्री सत्यनारायण भगतले सुगम जिल्ला भएर पनी ठोरीको विकासको हालत देखेर आफु मर्मा्हित भएको बताए । उनले भने ठोरीका जनता सक्रीय भएरपनी विकासको गती सुस्ताएकोमा जिल्लाको ध्यान नपुगेको आरोप लगाए ।
प्रदेशको सिमाकंनमा ठोरीको जनताको भावनाको बिषयलाई राज्यले संबोधन गर्नुपर्ने भगतले बताए । यस्तै कार्यक्रममा नेपाल बिधुत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसीगंले सबैको सहयोगले नेपालबाट लोडसेडीङ्गं शुन्य तर्फ धकेल्न सहयोग पुगेको बताए । अहिले शहर उज्यालो बनाएका छौं केहि समय पछि नेपालबाटै लोडसेडिङ्गं हटाउछौं उनले उद्घोष गरे ।
विद्युतीकरण समुद्घघाटन गर्न नेपाल बिधुत प्राधिकरणका जिल्ला स्तरीय, क्षेत्रीय स्तरीय र उर्जा मन्त्रालयको महाप्रबन्धक, सचिव, राज्यमन्त्री र मन्त्री सहित गएको टोलीलाई आयोजक ठोरी सर्बदलीय समीतीले स–सम्मान स्वागत सहित सीमाकंन लगायत पन्ध्र बुदें माग पत्र पेश गरेको ठोरी (चितवन पुनं समायोजन समीतीका संयोजक प्रकाश खनालले जानकारी थिए । कार्यक्रम सर्बदलीय समीतीका संयोजक राम प्रकाश कुवंरको अध्यक्षतामा सम्पन्न भएको थियो ।