प्रेसिडेन्सी कलेजको नेतृत्व विकास प्रशिक्षण

चितवन, २२ पुस । प्रेसिडेन्सी कलेज भरतपुरको आयोजनामा सकरात्मक परिवर्तनको लागि नेतृत्व गर्न सेमिनारको आयोजना गरिएको छ । कलेजमा वि.वि.ए संकाय अन्तर्गत प्रथम, तेस्रो र पाचौं सेमेस्टरमा अध्ययन गर्ने विद्यँर्थीहरुलाई लक्षित गरी सेमिनारको आयोजना गरिएको हो । 15871864_10208760659877776_332924222713296965_n

विद्यँर्थीहरुको नेतृत्व विकास क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले सेमिनारको आयोजना गरिएको कलेजको वि.वि.ए कार्यक्रमका निर्देशक शुसिल भट्राईले जानकारी दिएका छन् । सो अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल र मिस नेपाल इन्टरनेशनल २०१२ शुभेच्छा खड्काले विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए ।

विद्यर्थीहरुलाई किताबी ज्ञानसंगै नैतिक शिक्षा पनि प्रदान गर्ने उद्देश्यले कलेजले विभिन्न समयमा सेमिनारहरुको आयोजना गर्दै आएको छ । कलेजका प्राचार्य शम्भु क्षेत्रीका अनुसार शनिवार पनि कलेजमा एम.वि.ए अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी नेतृत्व विकासका लागि सेमिनारको आयोजना गरिएको हो ।