सवारीको ठक्करबाट मृगको मृत्यु

दयाराम आचार्य
नवलपरासी, पुस २१ । नवलपरासीको कावासोती १६ पिपे्रनीमा सवारीको ठक्करबाट एउटा मृग (चित्तल )को मृत्यु भएको छ । डण्डा झ्यालबास भित्री सडक खण्डमा विहिवार विहान ४ देखि ५ बजेको बिचमा मृगलाई सवारीले ठक्कर दिएको स्थानीयले बताएका छन ।
त्रिभुवनटार ईलाका बन कार्यालय कोट्टाडीका सहायक बन अधिकृत दिपक अधिकारीले दिएको जानकारी अनुसार मृत्यु भएको मृग पोथी र गर्भवती थियो । उचाई ३१ ईन्च र लम्बाई ४६ ईन्च रहेको सो मृग ५÷ ६ वर्षको हुनसक्ने अनुमान गरिएको छ ।
सवारी फरार छ । मृगलाई मुचुल्का उठाएर बन कार्यालय परिषरमा खाल्डो खनेर पुरेको अधिकारीले बताए ।