संविधान सशोधनको विकल्प छैन् : मन्त्री हितराज पाण्डे

सूर्य पाठक

चितवन, २१ पुस । स्थानिय विकास मन्त्री हितराज पाण्डे संविधान सशोधनको विकल्प नभएको दावी गरेका छन् । चितवन ग्रामिण भेग माडी नगरपालिका भवनको शिलन्यास गर्दै उनले यस्तो बताएका हुन् ।
संविधान सशोधन मात्रै एक मात्र देशका निकास दिने विकल्प भएको ठहर गर्दै सबैलाई सहमत आउन अग्राह गर्दै सरकार सबैको मागका लागि गम्भीर भएको बताए ।hitraj-pandey

सर्वोच्च अदालतले समेत अवरोध नगर्न निर्देशन दिएको बताउदै अब केहि दिनमा सबै समस्गा हल हुने ठोकुवा पनि गरे । संसद खुल्ने वातावरणले पनि सकारात्मक बाटो निर्देश गरेको उनको ठम्माई थियो । यस्तै उनले निकुञ्जको कानुन संशोधन गर्न पहल गर्ने समेत बताए ।

यस्तै स्थानिय निकायका प्रमुखहरुलाई निर्देशन गर्दै उनले समयमै विकास बजेट खर्च गर्न, उपभोक्र समति गठन, ठेक्कमा पक्टा, अनुगमलाई तिव्राता नदिने कर्मचारीहरुलाई कार्वाही गर्ने बताए । यस्तै उनले ९ करोडको लागतमा माडी नगरपालिका भवन बन्न लागेको ७० लाख बजेट मात्रै आएको भन्ने गुनासोलाई सम्बोधन गर्दै सबै रकम मन्त्रालयले निकासा गर्न प्रतिवद्धा समेत व्यक्त गरे । यसअघि मन्त्री पाण्डे सिमा क्षेत्र विकास कार्यक्रमको अनुगमन गर्ने क्षेत्रिय कार्यालय उद्धघाटन र सामाजिक सुरक्षा भत्ता प्राप्ता गर्ने नामावली भएको पुस्तक विमोचन र सार्वजनिक गरेको स्थानिय विकास अधिकारी श्रवण कुमार पोख्रेरलले जानकारी दिए ।