धारिलो हतियार प्रहारबाट राडाको हत्या, सवारी दुर्घटनामा प्रहरीको मृत्यु


राजेन्द्र आचार्य

चितवन, २० पुस । चितवनमा धारिलो हतियार प्रयोग गरि एक व्यक्ति को हत्या भएको छ । चितवनको ग्रामिण भेग माडी नगरपालिका १२ का बाँदरझुला बस्ने बर्ष ३६ को रामलाल रोडाको धारिलो हतियार (बसिलो) प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एवँ प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।
घरायसी विवादको कारण तत्काल आवेगमा आई माडी न.पा.१२ वस्ने वर्ष ३० को सानो रुम्बा र उनको श्रीमती वर्ष २८ कि ईन्द्र माया चेपाङ मिली धारिलो हतियार (बसिलो) प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।
रोडा मृत अवस्थामा रहेको सूचना प्राप्त पाएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय माडीबाट प्रहरी नायब निरीक्षक रामलाल महत्तोको कमाण्डमा प्रहरी टोली खटिई गई घटनामा प्रयोग भएको धारिलो हतियार सहित दुवैजना प्रहरी नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ । साथै थप अनुसन्धान भईरहेका छ ।
यसैविच चितवनमा नै साईकलमा ड्युटी जादै गरेका एक जना प्रहरी जवानको मुत्यु भएको छ ।
भरतपुर केन्द्रिय बसपार्कबाट मुग्लिङ तर्फ जाँदै गरेको तरकारी बोकेको ना ३ च ८३१ नं.को बलेरोले ठक्कार दिदाँ जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत प्रहरी जवान ईनम दवाडीको उपचारको क्रममा मुत्यु भएको हो ।
भने अर्को एक जवान सुमन भुजेलको बाँया खुट्टा भाचिएको र उपचार अवस्था सुधारोन्मुख रहेको प्रहरीको भनाई छ । भने चालक केदार कुमार श्रेष्ठ उक्त सवारी साधन सहित प्रहरी नियन्त्रणमा रहेको रहेको छ ।