सबै युवाहरु एकजुट हुनुपर्ने : नेता बस्नेत

आशिक राना चितवन, १९ पुस । नेकपा एमालेका युवा नेता महेश बस्नेत देश विकास लागि सबै युवाहरु एकजुट हुनुपर्ने बताएका छन् । युवा संघ नेपाल देवघाट तनहुँको बृहत युवा भेलालाई सम्बोधन गर्दै युवाका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले युवाहरु नै आफ्नो गाउँको विकासमा जुट्न् आग्रह पनि गरे । यस्तै उनले दुर्गा तिवारी घटनाका विषयलाई कोटउदै अबका दिन देशमा हजारौँ युवाहरु जन्मने बताए । यस्तै कार्यक्रममा सम्बोधन गर्दै युवा संघका केन्द्रिय सदस्य निरु पालले युवाहरु नै संविधान कार्यान्वनयनका लागि अगाडी बढ्नु सुझाव दिए । युवा संघ नेपाल देवघाट तनहुँका अध्यक्ष सुकबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भेलाले पुन गुरुङ्गकै अध्यक्षतामा २९ सदस्ययी कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा विकास ढकाल, सचिवमा समरात अधिकारी र कोषाध्यक्ष चन्द्री गुरुङ्ग रहेका छन् । कार्यक्रममा उसा नैना वस्तीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । २०४७ सालमा देवघाटमा स्थापना भएको संघले आफ्नो क्षेत्रमा विविध सामाजिक काममा समेत सक्रिय जनाउदै आएको छ ।