चनौलीमा यमाहाको अधिकारिक गंगा मोटरसाईकल सेल्स सर्भीस् सेन्टर स्थापना (भिडियोसहित)

राजेन्द्र आचार्य
चितवन, १९ पुस । पश्चिम चितवनका स्थानयिनले अब देखि चनौली बजारमा यमाहा ब्राण्डका मोटरसाईकल तथा स्कुटर खरिद गर्ने पाउने भएका छन् । 15841274_1348445461863922_1566024105_n
पश्चिम चितवनका स्थानियहरुलाई सहज रुपमा गाउँमा नै मोटरसाईकल खरिद गर्न गंगा गंगा मोटरसाईकल सेल्स तथा सर्भीस् सेन्टर स्थापना भएसगैँ स्थानियहरुले यमाहा मोटरसाईकल तथा स्कुटर खरिद गर्ने पाउने भएका हुन् । 15878733_1348445451863923_1313602884_n
विगत दुई दशक बढी अटो क्षेत्रमा सक्रिय नविन अटो सेन्टरको पहलमा चनौली बजारको स्थापना भएको गंगा मोटरसाईकल सेल्स तथा सर्भीस् सेन्टरको एक समारोहका विच एमएडब्लु प्रा.लि..का क्षेत्रिय प्रमुख प्रकाश देवकोटा र स्थानिय समाजसेवी आशबहादुर गुरुङ्गले संयुक्त रुपमा रिबन काटेर सुरु गरेका थिए ।

 

 

 
यमाहाको गाउमुखी सेवा अभियान अन्र्तगत पश्चिम चितवनका स्थानियहरुको सहजताक लागि आधिकारिक सर्भीस् डिलरका रुपमा गंगा मोटरसाईकलबाट मोटरसाईकल तथा स्कुटर बिmित्र सुरु गरेको एमएडब्लु प्रा.लि..का क्षेत्रिय प्रमुख प्रकाश देवकोटाले बताए । 15879250_1348445508530584_2048409891_n
गाउँ विस्तार विकास हुदै गएको समयमा गाउलकोे चाहाना बमोजिम सहज रुपमा गाउँमा नै यमाहा व्राण्डका बाईक खरिद गर्न पाउने सेन्टरका सञ्चालक ओमबहादुर गुरुङ्गले बताए । कार्यक्रममा नविन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एइसपि डेभलपमेन्ट म्यानेजर नियाज अहमद, नविन अटोका राजु स्वर्णकार लगायतले बोलेका थिए ।
साथै सोही अवसरमा पहिलो पटक बाईक खरिद गर्ने तुलसीराम अधिकारी र नरेन्द्र दुवाडीलाई चावी समेत हस्तान्तरण गरिएको थियो ।