बिएन पढ्ने नयाँ विद्यार्थीहरुको स्वागत

सुवास पण्डित
चितवन  १९ पौष ।  भरतपुर अस्पतालमा बिएन पहिलो बर्षमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई दोस्रो बर्ष अध्ययनरत विद्यार्थीहरुले स्वागत गरेका छन् ।
अस्पतालको नर्सिङ क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी द्धितिय बर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले स्वागत गरेका हुन् । अस्पतालको नर्सि ङ कार्यक्रम संयोजक देवि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरीटेण्डेन्ड डा. रुद्रप्रसाद मरासिनीले अस्पतालले घाटा नै खाएर भएपनि बिएन कक्षा सञ्चालन गरेको भन्दै अनुशासित र मर्यादित भएर गुणस्तरीय शिक्षा लिन आग्रह गर्नुभयो ।15826783_1011035885669394_6514374169885256494_n

हामीलाई पैसा र संख्यासँग कुनै मतलव छैन, मेसु डा. मरासिनीले भन्नुभयो,‘ भरतपुर अस्पतालका विएन पढेर बाहिरका अस्पतालमा जागिर खाएर पढ्ने सपना नदेख्नुहोस्, किनकी हामीलाई क्वालिटीसँग मात्र सम्वन्ध रहन्छ’।

सो कार्यक्रममा बोल्दै अस्पतालका निर्वतमान अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पताल नेपालका ठूला १८ बर्ष अस्पताल मध्ये उत्कृष्ट अस्पतालमा परेको भन्दै अब छिट्टै अस्पतालले एमएन कक्षा पनि सञ्चालन गर्ने विश्वास ब्यक्त गर्नुभयो । शिक्षालाई सेवासँग जोड्ने उदेश्यले काम गरेकोले नै अस्पतालमा सस्तो दरमा बिएन कक्षा सञ्चालन गर्न सफल भएको सुवेदीले बताउनुभयो ।

कार्यक्रममा बिएन पहिलो बर्षमा अध्ययन गर्ने विद्यार्थी दिया भट्टराई, बिएन पहिलो बर्षकी कार्यक्रम संयोजक बिष्णुकुमारी श्रेष्ठ, अस्पताल नर्सिङ प्रशासक सरिता कार्की, प्रतिभा सुवेदी लगायतले बोल्नुभएको थियो । भरतपुर अस्पतालमा गत बर्षदेखि बिएन (-Bachelor in nurshing_) कार्यक्रम सञ्चालन हुदै आएको छ । चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्ससँग सम्झौता गरेर अस्पतालले जम्मा ३ लाखमा ३ बर्षे बिएन कक्षा सञ्चालन गर्दै आएको छ । गतबर्ष भरतपुर अस्पतालको लागी २० जनाको मात्र सिट निर्धारण गरिएकोमा यसबर्ष वृद्धि गरेर ४० जना पु¥याइएको छ ।