ढाका टोपी तथा विभिन्न जातिय पोशाकहरु लगाएर नेपाली टोपी दिवस मनाइयो

करुणा देवकोटा
चितवन, १७ पुस । अधिकांश नेपालीहरु अंग्रेजी नयां वर्ष मनाउन व्यस्त भइरहेका बेला नेपाली पहिचान झल्किने ढाका टोपी तथा विभिन्न जातिय पोशाकहरु लगाएर नेपालीहरुले नेपाली टोपी दिवस मनाएका छन् । बुढापाकाहरु र औपचारिक समारोहमा मात्रै लगाइने गरेको ढाका टोपी शिरमा ढल्काएर युवा पुस्ताहरुले टोपी दिवस मनाएका हुन् ।thopi-diwas

नेपालको राष्ट्रिय झण्डा लिएर ढाका टोपी र विभिन्न भेषभुषामा सजिएर चितवनका युवाहरुले नेपाली टोपी दिवस मनाएका हुन् । विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका युवाहरुले समाजमा सचेतना जगाउंदै नेपाली पहिचान झल्काउने पोशाकहरुको संरक्ष्ँण गर्नुपर्ने सन्देश सहित यो दिवस मनाएका हुन् । ब्रदर्स नेपाल, ब्रदरहुड सिस्टरहुड नेपाल, बेटर चितवन, फ्रेण्डस् रुम रिलोडेड, वमन्स रुम रिलोडेड, चितवन ग्रिन लियो, दारी ग्याङ, एन.वाइ.एन, एन.वाइ.एफ लगायतका संघ संस्थाहरुले चितवनमा टोपी दिवसको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरेका हुन् ।

हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान मूल नारासहित नारायाण्गढको पुल्चोकबाट निस्किएको ¥याली शहिदचोक, लायन्सचोक, विरेन्द्र क्याम्पस चोक हुंदै चौविसकोठीमा पुगी सभामा परिणत भएको थियो । अंग्रेजी नयां वर्ष मनाउन अधिकांश नेपालीहरु व्यक्त भइरहेको अवस्थामा नेपालको गौरव बोकेको नेपाली टोपी, नेपालमा रहेका विभिन्न जातजातीहरुको जातिय पहिचान झल्कने पोशाकहरु संरक्ष्ँण गरे मात्र नेपालको अस्तिव्व जोगाउन सकिने भएकाले कार्यक्रमको आयोजना गरिएको हो । भावी पुस्तालाई समेत नेपाली पन झल्कने पहिरन, पहिचान, हस्तानतरण गर्न सके नेपाली हुनुमा गौरव गर्न सकिने ¥यालीमा सहभागी युवाहरुले बताएका छन् । विगत ४ वर्षदेखी हरेक वर्ष जनवरी १ तारिखका दिन नेपाली टोपी दिवस मनाउंदै आइएको छ ।