गाईको हत्या गरेको विरोधमा चितवनमा विरोध ¥याली

करुणा देवकोटा
चितवन, १७ पुस । नेपालको राष्ट्रिय जनावर गाईको हत्या गरेको विरोधमा चितवनमा आइतवार विरोध ¥याली निकालिएको छ । गत पुस ६ गते सुदुर पश्चिमको कैलालीमा गौ हत्या भएको विरोध स्वरुप आइतवार चितवनमा ¥यालीको आयोजना गरिएको हो । हिन्दूवादी विभिन्न १९ वटा केन्द्रिय तथा शाखा संघ संस्थाहरुले संयुक्त रुपमा विरोध ¥यालीको आयोजना गरेका हुन् ।cow-death-rali

भरतपुरको चौबिसकोठीबाट सुरु भएको ¥याली मालपोत चोक हुंदै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा चितवनका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भट्टलाई ज्ञापनपत्र बुझाउंदै टंकनाथ पौडेलले नेपाल राज्य भित्र कहीं कतै पनि यस्ता जघन्य आधार्मिक घटनाहरु हुन नदिन र यस्ता कायरतापुर्ण हत्याका दोषीहरुलाई समातेर अभिलम्ब कानुन सम्मत कठोर कारवाही गर्नको लागि आह्वान गरेका छन् ।

नेपालको राष्ट्रिय जनावर गाईको निर्मम हत्या गर्नु उचित नभएको उल्लेख गर्दै आगामी दिनमा यस्ता सनातन धर्म र पशु अधिकार विरोधी निर्मम गौ हत्याका दुष्प्रयास हुन नदिन पनि सभा मार्फत आग्रह गरिएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा ज्ञापनपत्र बुझाउन प्रजिअ सिंहलाई आग्रह गर्दै गौ हत्या जस्तो अधार्मिक कार्यलाई रोक्दै नेपाल हिन्दु राष्ट्रघोषणा गरिनुपर्नेमा जोड दिइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यस पत्रलाई आफुंले सक्दो छिटो प्रधानमन्त्रीको कार्यालय सिंह दरबार समक्ष पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।