चौथो राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाईने

राजेन्द्र आचार्य
चितवन, पुस १५ । चितवनमा तेश्रो राष्ट्रिय पोल्ट्री दिवस मनाईने भएको छ ।
। पोल्ट्री दिवसमा कुखुराजन्य उत्पादनको कारोबार गर्नेहरुले प्रभातफेरी सहित चितवनमा विशेष समारोह सहित यो दिवस चौथो पटक मनाउन लागिएको हो ।
पोल्ट्रीको राजधानी भनेर चिनिने चितवनमा अर्थतन्त्रमा महत्वपूणर््ँ हिस्सा ओगट्न सफल र मुलुकलाई कुखुराजन्य उत्पादनमा आत्मनिर्भर विगत ३ बर्ष अगाडी देखि यसैदिन यो दिवस मनाउन लागिएको थियो ।
पुस १६ गते सरकारी अस्पतालमा निशुल्क अण्डा वितरण
जिल्ला सदरमुकाम भरतपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै पुस १६ गते देशैभरका सरकारी अस्पतालमा निशुल्क रुपमा अण्डा वितरण गर्ने घोषण पनि आयोजकहरुले गरे ।
पोल्ट्री क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि चितवन सहित देशका विभिन्न जिल्लाहरुमा यो वर्षपनि विभिन्न कार्यक्रम गरी पोल्ट्री दिवस मनाउन लागिएको हो ।
पोल्ट्री दिवसको अवसरमा पशुसेवा विभाग, पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय, नेपाल कुखरा व्यवसाय मञ्चले चितवनमा संयुक्त रुपमा चौथा पटक पनि विविध कार्यक्रमसहित दिवस मनाउन लागिएको नेपाल कुखरा व्यवसाय मञ्चका अध्यक्ष एवं चौथो पोल्ट्री दिवसका संयोजक शंकरप्रसाद कडेंलले जानकारी दिए ।poultry-diwas

पोल्ट्री क्षेत्रलाइ प्रर्वद्धन गर्न र चौथो राष्ट्रिय पोल्ट्री दिवसलाई सभ्य र भव्य रुपमा मनाउनको लागि यहि पौष १७ गते बिहान ८ बजे प्रभातफेरी गरी बिभिन्न झांकी सहित नगर परिक्रमा गरिने मञ्चका कार्यकारी अधिकृत शिव प्रसाद बरालले बताए ।

दिवसमा सहभागी कृषकहरुले कुखुरापालन (पोल्ट्री) व्यवसाय सम्बन्धी राष्ट्रिय पोल्ट्री नीति नहु“दा यस Ôेत्रको व्यापारीकरण्ँ र औद्योगीकरण्ँ हुन सकेको बताएका छन् ।
पोल्ट्रीजन्य उत्पादनलाई वृद्धि सगै संरक्षणका लागि पोल्ट्री नीति भएको सहभागी पोल्ट्री व्यवसायीहरुले निष्र्कष निकालेका छन् ।
पोल्ट्री क्षेत्रमा भइरहेको लगानी सुरक्षीत गर्न सरकारले चासो नदिएको उनीहरुको आरोप थियो ।
नेपाल कुखुरा बजार संघका केन्द्रीय अध्यक्ष भुवनलाल जोशीले खुल्ला बोर्डरका कारण नेपालमा पोल्ट्री व्यवसाय फस्टाउन नसकेको बताए ।

नेपालमा किसान मैत्री नीति नहु“दा कुखुरा पाल्ने किसानहरुलाई समेत समस्या पर्दै गएको तर्क गर्दै केन्द्रीय जोशीले राहत दिने नाममा सरकारले किसानहरुलाई ठगि गर्ने गरेको आरोप लगाए । किसानलाई ६ प्रतिशत व्याज दिने उद्घोष गरेको सरकारले उमेरको हदवन्दी लगाएर किसानलाई ठगिगरेको उनको भनाई थियो ।
यस्तै नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष एवम पोल्ट्री दिवसको पूर्व संयोजक शिवराम केसीले स्वदेशी लगानीलाई सरकारले प्रोत्साहन गर्न नसकेको बताए ।
पोल्ट्री क्षेत्रको विकासले नेपालमा रोजगारीको सम्भावना बढाएको भएपनि यसको संरक्षण र प्रवद्र्धनमा सरकार चुकेको उनको भनाई थियो ।
उनले विदेशी लगानीको नाममा स्वदेशी उद्योग, कुखुराफार्मलाई विस्थापीत गराउने बातावरण नबनाउन समेत सरकारलाई आग्रह गरेका छन् ।
कृÈितर्फको कुल ग्राहस्थको आठ प्रतिशत बढी हिस्सा ओगट्न सफल यस व्यवसायमा ६५ अर्बभन्दा बढीको लगानी भइसकेको छ भने एक लाखले प्रत्यÔ रोजगारी पाएको अण्डा उत्पादक संघका केन्द्रिय महासचिव त्रिलोचन कडेंलले बताए । यो पटक दिवसमा थप अण्डाको विशेष महत्व दिएर विविध कार्यक्रमहरु गर्न लागेको उनले बताए ।

पलायनको खतरामा

पोल्ट्री क्षेत्रमा नेपाल आत्मनिर्भर बन्दै गएपनि सरकारी सहयोग प्रयाप्त नभएकोले यो क्ष्ँेत्रमा पलायनको खतरामा रहेको पोल्ट्री व्यवसायीहरुले बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै किसानहरुले बजार अवस्था निरन्तर रुपमा असन्तुलन भई कुखुरापालक किसानहरुले लागत मुल्य समेत पाउन नसकेको नेपाल कुखुरा बजार संघका केन्द्रीय अध्यक्ष भुवनलाल जोशीले बताए ।
साथै कायक्रममा बोल्ने अधिकांश व्यवसायीहरुले २४ घण्टा विजुली नहुदां कुखुरा पालनमा समस्या आएको बताए ।
यस्तै दक्ष जनशक्रि अभाव र लगानी संरक्षण नहुदां यो आत्मनिर्भर बनेको व्यवसाय धरापमा परेको अर्को वयवसायी तेजनारायण पाण्डेले बताए ।
८० अर्ब लगानी, ३.५ प्रतिशत योगदान
देशको कुल ग्राहस्थ उत्पादनको ३.५ प्रतिशत योगदान दिएको यो व्यवसायका कारण नेपालमा १ लाख २० हजारले रोजगारी पाएका छन् । भने चितवनमा मात्रै ४५ सय वयक्रिहरुले रोजगारी पाएका छन् ।
नेपालमा दैनिक ३५ लाख गोटासम्म अन्डा उत्पादन हुँदै आएकोमा अहिले भने दैनिक २२ लाख गोटामात्र उत्पादन भइरहेको छ । भुकम्प र नाकाबन्दीले दाना अभाव भएकाले लेयर्स कुखुरापालक केही किसानले कुखुरा नै बिक्री गरेपछि उत्पादनमा २५ प्रतिशतले कमी आएको संघका अध्यक्ष शिवरामकेसीले बताए । ।
नेपाल यो क्षेत्रमा हाल ८० अर्ब लगानी भएको छ । भने १स य ७८ वटा ह्याचरी उद्योग, १४ सय वटा लेयर्स फर्म, २१ सय सय बटा बोईरल फर्म, १ सय वटा दाना उद्योग र १० हजार वटा फेस हाउस नेपाल रहको मञ्चका अध्यक्ष कडेंलले बताए ।

पोल्टीको ईतिहास यस्तो
नेपालको इतिहासमा कुखुरा व्यवसाय क्रमश व्यवसायिककरण र आधुनिकरण तर्फ उन्मुख हुदै गइरहेको छ । वि. स. २०१७ सालपौष १७ परवानीपुर वाराको सेन्ट्रल ह्याचरीको समुदघाटन पश्चात नेपालमा आधुनिक पोल्ट्रीको शुरुवात भएको मानिन्छ । देशको कुलग्राहस्थ उत्पादनमा करिब ३.५प्रतिशत हिस्सा आगटेको पोल्ट्री व्यवसायमा करिब ८० अरब रुपैया लगानी भएको अनुमानगरिएको छ भने करिब एक लाख २० हजार व्यक्तिलाई पोल्ट्री क्षेत्रले रोजगारी प्रदानगर्दै आइरहेको छ । नेपालका यातयातका सुविधा पुगेका र मौसम अनुकुल रहेका सवै जिल्लाहरुमा कुखुरापालन व्यवसाय संचालनमा रहेका छन ।
नेपालको कुखुरापालन व्यवसायमा आधुनिक प्रविधि भित्रदै गइरहेको छ । यस पेशाले आयात प्रतिस्थापनगर्दै आम देशवासीहरुलाई सवै भन्दा सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त खाद्यन्नमासु र अण्डा उपलव्ध गराएको छ । पोल्ट्री क्षेत्रको विकासले गर्दा विदेशवाट आयातहुने करोडौं रुपैयाको मल आयात प्रतिस्थापन हुदै कुखुराको सुलीवाट जग्गाको उर्वराशक्तिमा समेत सहयोग पुगेको छ । हिजो यो व्यवसाय धार्मिक आस्थातथा सामाजिक मान्यताकाआधारमा यसलाई व्यवसायिक बनाउन नसक्दा सस्तो पोषणवाट बहुसंख्यक नेपाली निमुखा हुन परेको यर्थाथतावाट आज यस व्यवसायलेआम नेपालीलाई सस्तो पोषणको श्रोतको रुपमा स्वीकार गरेको आजको यर्थाथता हो । नेपालमा आधुनिक कुखुरापालनको शुरुवातभएको पौष १७ गतेको ऐतिहासिक दिनको स्मरण गर्दै यस क्षेत्रमा लागेका बैज्ञानिकहरु, व्यवसायीहरु र यस पेशासग सम्बन्धीत सवै सरोकारवालाहरुमा जानकारी दिनका लागि २०७० पौष १७ गतेवाट प्रत्येक पौष १७ गते लाई पोल्ट्री दिवस मनाउन नेपाल सरकार तथा यस व्यवसाय संग सम्बन्धीतव्यवसायीहरुका संघ संगठन मिलेर मनाउने शुरुवात गरिएको थियो ।
वि. स. २०७० र २०७१ सालमाचितवनमा राष्ट्रिय पोल्ट्री दिवस भव्य र सभ्य रुपमामनाइ सकिएको छ भने २०७२ सालमा झापा जिल्लामा सम्पन्न भएको थियो ।