कुमरोज वनमा जीप सफारी सुरु (भिडियोसहित)

 

चितवन, ११ पुस । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी सुरु गरिएको छ । पर्यटकलाई थप आकर्षित गर्नका लागी कुमरोज वनले नयाँ अभ्यास स्वरुप जीप सफारी सुरु गरेको हो । जीप सफारीको सुभारम्भ सोमवार एक कार्यक्रमकाबीच चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंलले उद्घाटन गरे ।kumroj

जीप सफारीको उद्घाटन गर्दै प्रमुख सरक्षण अधिकृत कडेंलले जीप सफारीका लागी जैविक विविधता संरक्षण आवश्यक रहने वताए । पर्यटकलाई वढि भन्दा वढि सन्तुष्ठी दिन नयाँ कार्यक्रम आवश्यक छ प्रमुख सरक्षण अधिकृत कडेंलले भने । कुमरोज सामुदायिक वनमा जीप सफारी मध्यवर्ती क्षेत्रको पहिलो अभ्यास पनि हो ।

 

१६ किलो मिटरको दुरीमा जीप सफारीका लागी ट्रयाक वनाईएको छ । जंगली जनावर अवलोकन गर्दै सो दुरी पार गर्न करिव २ घण्टा समय लाग्दछ । जीप सफारीका लागी लाग्ने शुल्कका बारे केही दिनमै निर्णय हुने जनाईएको छ ।

kumroj-1

सामुदायिक वनका अध्यक्ष हिरावहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रकृति सरक्षण कोषका प्रमुख डाक्टर चिरञ्जिवी पोखरेल,खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत गंगावहादुर भुजेल,वुढी राप्ती मध्यवर्ती उपभोक्ता समुहका अध्यक्ष नारायणदत्त तिमल्सीना लगायतले मन्तव्य राखेका थिए । कुमरोज वनका कार्यालय सचिव भरतप्रसाद नेपालका अनुसार सो वनमा वार्षिक करिव ३० हजार पर्यटक गुम्न आउने गरेका छन् । कुमरोज वनमा यसअघि हात्ती सफारी संचालनमा छ भने डुङ्गा संचालनपनि हुदैछ । कुमरोज वनमा गैडा,बाघ,भालु,चित्तल ,जरायो,वदेल लगायतका जंगली जनावर देख्न पाईन्छ ।