स्वागत बचतको अधिबेशन सम्पन्न

चितवन, १० पुष ।  रत्ननगर–१३ मा रहेको स्वागत बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ ।

रत्ननगर–१३ जयंमगलामा रहेको संस्थाको आईतबार सम्पन्न अधिबेशनले मोदनाथ लामिछानेको अध्यक्षतामा ३ बर्षे कार्यकालका लागी ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

समितीको उपाध्यक्षमा मोहन प्रसाद भट्टराई चयन हुनुभएको छ । यस्तै अधिबेशनले ऋषिराम बरालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती समेत चयन गरेको छ । लेखा समितीको सदस्यमा नबिन आचार्य र शम्भु श्रेष्ठ चयन हुनुभएको छ ।

कार्यक्रम निवर्तमान अध्यक्ष अर्जुन प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।