नवलपरासीमा छुट्टा छुट्टैसवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयो

दयाराम आचार्य
नवलपरासी,पुस १० ।नवलपरासीको दुई छुट्टा छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
नवलपरासीको बेणीमणिपुर ८ भित्रि सडक खण्डमा गएराती लु २ त ६३ ७८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा ट्याक्टरको ट्रलिमा च्यापिएर सोही ठाउ निवासी ट्याक्टरका कामदार वर्ष १४का भोम बहादुर रानाको घटना स्थलमानै ज्यान गएको प्रहरीले जनाएको छ ।road-accident
यस्तै गएरातिनै नवलपरासीको राकाचुली गाविस ९मा लु १ त ५४०३ नम्बरको ट्याक्टरबाट खसेर राकाचुलीका वर्ष ५५का होम बहादुर लामिछानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । ट्याक्टरबाट खसेका लामिछानेको सोही ट्याक्टरले किचेर ज्यान गएको प्रहरीले जनाएको छ ।