पर्यटक बोकका वसहरु नारायणगढ–मुग्लिन सडक खण्डमा नरोकिने

राजेन्द्र आचार्य
चितवन, १० पौष । राजधानी जोड्ने मुख्य राजमार्गका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक खण्ड पर्यटक वसहरुलाई आवत–जावतमा नरोकिने भएको छ । लक्ष्य अनुसार सडक निर्माणमा सक्रियता बढार्ई दु्रत गतिमा काम गर्न फेरि दैनिक ४ घण्टा सवारी साधन आवत–जावतमा रोकिरहेको अवस्थामा पर्यटकहरु लक्षित गरी पर्यटकवसहरुलाई सहज रुपमा यात्रा गर्न दिन लागिएको हो ।
मुलुकको तेश्रो पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी नारायाण भट्ट र जिल्ला प्रहरी कार्यालउ चितवनका प्रमुख दिपक थापाको पहलमा यस्तो गरिन लागेको हो । Muglin-Narayangadh
सौराहासहित विश्व सम्पदामा सूचिमा सूचिकृत ठाउहरु चितवनमा छन् प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने । सडकमा पर्यटकहरुलाई रोक्दा धेरै सास्ती खेपेसगै धेरै गुनासाहरु आएपछि हरियो प्लेटमा आउने पर्यटकहरुलाई कडा निगरानी गरि यात्रा सहज गराउन लागेको बताए । पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिईसकेको र कुनै गाडीमा पर्यटकहरु आएको भए सुचना दिन समेत आग्रह उनले गरेका छन् ।
गएको पुस ७ गते देखि बिहान ११ बजे देखि ३ सम्म पूर्ण रुपमा सवारी साधन रोकिदा पर्यटक लक्षित चितवन हात्ती महोत्सवलाई समेत प्रभाव पारेपछि प्रशासनको पर्यटक वस चल्न दिने निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक सेन्देश थपेको क्षेत्रिय होटल ंघका प्रथम उपाध्यक्ष दिपक भट्टराईले बताए । उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटकहरु अन्यत्र गएकाले यो समयमा पर्यटक बसलाई नरोक्न स्थानिय प्रशासनलाई आग्रह गरेका थिए ।
साथै पर्यटकहरु होकी होईन् भनि कडा निगरानी पश्चात मात्रै पर्यटक वसहरुलाई यात्रा गर्न दिने हुदा आफुहरुले पर्यटकहरुलाई दिएको सुविधाको दुरुपयोग नहुने जिल्ला प्रहरीक कार्यालय चितवनका प्रमुख एवँ प्रहरी उपरिक्षक दिपक थापाले बताए ।
प्रशासनको निर्णय भुकम्प र नाकावन्दीको मारमा परेका व्यवसायीहरुलाई समेत आयोजना सण्डमा प्रहरीकै निगरानी यात्रा गर्न दिदाँ पर्यटन व्यवासायमा नयाँ आयम भएको क्षेत्रिय होटल संद्धका अध्यक्ष सुमुन घिमिरेले बताए ।
नारायणगढ हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधनलाई दासढुंगामा र मुग्लिङ हुँदै नारायणगढ भएर पूर्व तथा पश्चिम जाने सवारी साधनलाई मुग्लिङमा रोक्ने काम गरिएको प्रहरी प्रमुख थापाले बताए । नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नारायणगढ–मुग्लिन सडक पूर्व तथा पश्चिम नेपालका गाडी काठमाडौँ र पोखरा जाने आउने मुख्य मार्ग हो । सो सडकखण्ड दुई लेनको बनाउने काम भइरहेको छ ।
भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ । विसं २०७२ वैशाखदेखि थालिएको निर्माण कार्य २०७४ को भदौमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।
विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो ।
यस सडक खण्डमा दैनिक आठ हजारभन्दा धेरै गाडीहरु आवत जावत गर्छन् । जिर्ण र साँघुरो भएकाले सो सडकखण्डमा अत्यधिक दुर्घटना हुने गर्दछ ।
दशै अघि पनि आयोजनाले यसैगरी सडक बन्द गरेर काम गरेको थियो । सो समयमा काम निक्कै अघि बढेपनि अहिले बढी यातायातको चार र साँघुरो सडक भएकाले निर्माणमा असर परेको भन्दै बाध्यताबस बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।
निर्माणाधिन सडक सन् २०१७ को अप्रिलमा सक्ने लक्ष्य छ । २०१५ अप्रिलमा निर्माणको काम शुरु भएको थियो । विश्व बैंकको सहयोगमा नेपाल भारत क्षेत्रिय व्यापार तथा यातायात आयोजना अन्तरगत नारायणगढ मुग्लिन सडक आयोजना सञ्चालित छ ।
आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलाई सन् २०१७ अप्रिलसम्ममा बिस्तार गरेर चार लेनको बनाउने काम भइरहेको हो । खुला क्षेत्रमा ११ मिटर र पहाडी चट्टानयुक्त क्षेत्रमा ७ मिटर चौडाइको सडक बनाइने छ ।