नारायणी र राप्तीमा नुहाउदा दुई युवक वेपत्ता

राजेन्द्र आचार्य
चितवन, १० पुस । चितवनमा दुई नदिमा डुब्दा दुई युवक वेपत्ता भएका छन् । जिल्लाको कविलास १ का बर्ष १९ इमानसिहं तामाङ्ग हिजो दिउँसो साढे २ बजे र पूर्वी चितवनको कुमरोज स्थिित राप्ती नदीमा खैरहनी १६ कठार बर्ष १८ प्रविन रोईला वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवँ प्रहरी उपरिक्षक दिपक थापाले बताए । दुवै जनाको खोजी कार्य गर्दा हालसम्म पनि नभेटिएको उनले बताए । दुवै जना साथीहरुसग नुहाउन जादा वेपत्ता भएका थिए ।