सिटिइभिटी को ३४औँ व्यवस्थापन समिक्षा गोष्ठि सौराहामा

चितवन, पुस ०७ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटिइभिटी को ३४औँ व्यवस्थापन समिक्षा गोष्ठि आजदेखि चितवनको सौराहामा सुरु भएको छ । सौराहामा आयोजित आर्थिक बर्ष २०७३/७४ को समीक्षा गोष्ठिको बुधबार प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदका उपाध्यक्ष कुल बहादुर बस्नेतले उद्घाटन गरे ।

उद्घाटनसत्रमा बोल्दै परिषदका उपाध्यक्ष बस्नेतले गोष्ठिले सिटिइभिटी को भावी कार्ययोजना ठोसरुपमा तय गर्ने बिश्वास ब्यक्त गरेका छन् । बस्नेतले सिटिइभिटी को पाठ्यक्रमबारे परिषद्का पदाधिकारी र कर्मचारीलाई नै प¥याप्त जानकारी नभएको बताए ।

समय सापेक्ष पाठ्यक्रमको विकासमा जोड दिनु पर्ने बताउँदै उपाध्यक्ष बस्नेतले सम्बद्ध पदाधिकारीलाई आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न आग्रह गरे । यस्तै कार्यक्रमका प्रमुख अतिथी चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सिटिइभिटी मातहतका प्राविधिक शिक्षालयले उत्पादन गरेको जनशक्ति मुलुकमै टिक्न नसक्नु दुःखद भएको बताएका छन् ।

मन्त्रालयबाट नियन्त्रित हुने भएकोले सिटिइभिटी लाई प्रधानमन्त्रीको मातहतमा राखे परिणाम निकाल्न प्रभाबकारी कार्ययोजना बन्न सक्ने प्रजिअको भनाइ छ । कार्यक्रमममा शिक्षा मन्त्रालयका उपसचिब मुकुन्दमणी खनालले बार्षिक ४५ अर्वको हाराहारीमा यसक्षेत्रमा खर्च हुँदा हुँदै पनि प्रभाबकारी नतिजा आउन नसकेको बताए । नजिता निकाल्न ठोस कार्ययोजना लिएर अघि बढ्नुपर्ने खनालको भनाई थियो ।

उद्घाटन सत्रमा परिषदका पदाधिकारी तथा यस मातहतका कलेजका प्राचार्य एवंम प्रतिनिधिहरुले आ–आफ्ना धारणा तथा समस्या राखेका थिए । गोष्ठिमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद परिषद्, आंगिक तथा साझेदार निकायका पदाधिकारी, प्राचार्य, तथा प्रतिनिधि गरि ९० जनाको सहभागिता छ । गोष्ठि परिषद्को भावी कार्ययोजना तय गर्दै शुक्रबार सकिने छ ।